४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘कोरोना भाइरसको औषधि तयार हुन ६–७ महिना लाग्छ’

वासिंटन डिसी – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ। तर, कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,’ उपराष्ट्रपति पेन्सले भने। अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एक–अर्कासँग सूचना आदानप्रदानसहित संयुक्त प्रयास गरिरहेको बताइएको छ।
उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण ६ सातादेखि आरम्भ हुने बताए।

अमेरिकामा एकै दिन चारको मृत्यु
कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एकै दिन चार जनाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार सोमबार चार जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ६ पुगेको छ। त्यहाँ संक्रमितको संख्या सय पुगिसकेको छ। अमेरिकाको फ्लोरिडा र वासिंटन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App