११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पूर्वी नेपालका नाकाहरूमा जाँच केन्द्र

नाकामा राखिएका जाँच केन्द्रमा अहिलेसम्म कोही व्यक्तिमा पनि कोरोनाको आशंका नदेखिएको झापाका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए।

विद्यालय बन्द गर्नुपर्ने अवस्था छैन: शिक्षामन्त्री

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विद्यालय, शिक्षक, अभिभावक, विश्वविद्यालयका उपकुलपति, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, अध्यक्ष, मन्त्रालयका कर्मचारीहरूलालयमै डाकेर सतर्कताका उपायबारे छलफल गरेको छ।

स्वास्थकर्मीलाई बिदामा नबस्न निर्देशन

जिल्ला प्रशासन कार्यालय बाराले नोवल कोरोना भाइरबाट सर्वसाधारणलाई सर्तक राख्ने र चेतना जगाउने कार्यमा खट्नुपर्ने भएकोले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ।

प्याराग्लाइडिङमा ४० प्रतिशतसम्म छुट

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटक आगमन खस्केपछि यहाँका प्याराग्लाइडिङ व्यवसायीले छुटका प्याकेज ल्याएका छन्।

सर्‍यो ‘नो टाइम टु डाई’ को रिलिज

कोरोना भाइरसका संक्रमण बढेसँगै ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सारिएको छ। कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएपछि निर्माता बारबरा ब्रोकोली र माइकल जी विल्सनले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज सात महिना पछाडि सारिएको जानकारी गराएका थिए।

८० को मास्कलाई ४५० !

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्।

फिल्म सुटिङ रोक्न आह्वान

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म सुटिङ स्थगित गर्न आह्वान गरिएको छ।

खेलकुद प्रतियोगिता राेक्न निर्देशन

चीनबाट सुरु भएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणलाई मध्यनजर राख्दैै युवा तथा खेलकुद मन्त्रालयले आगामी दिनमा कुनै पनि प्रतियोगिता नगर्न राष्ट्रिय खेलकुद परिषदमार्फत बिहीबार सबैलाई निर्देशन जारी गरेको छ।

क्यालिफोर्नियामा आपतकाल घोषणा, विश्वभर मृतकको संख्या तीन हजार तीन सय नाघ्यो

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना भाइरसका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।

प्रहरी छैनन् कोरोनाबारे सचेत

सबैजसो सरकारी कार्यालयहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतता अपनाइरहेको बेला प्रहरी कार्यालयहरूमा भने यसबारे कुनै पूर्वतयारी तथा सचेतताका कार्यक्रम गरिएका छैनन्।

कोरोना कहर : ईपीएल क्रिकेट स्थगित

आगामी चैत १ देखि १५ गतेसम्म काठमाडौंमा हुने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता कोरोनाका कारण स्थगित भएको छ।

सीमामा क्वारेन्टाइन बनाइने

नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो।

कोरोना कहरः उदयपुरमा होली खेल्न निषेध

यस वर्षको होली कोरोना भाइरसका कारण खेल्न नपाइने भएको छ। चीनको हुवान प्रान्तबाट फैलिएको ‘कोभिड–१९’ नोबेल कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिइरहेको हुनाले सतर्कता अपनाउन यस वर्षको होली खेल्न मनाही गरिएको हो।

मध्यपूर्वमा कोरोनाको सन्त्रास, नेपाली चिन्तित

चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाईरसले खाडी सहित मध्यपूर्वमा तिव्रता लिएपछि लाखौं नेपाली त्रसित बनेका छन्। निर्माण, सेवा, व्यवसाय एवम् अन्य क्षेत्रमा गरि झण्डै १५ लाख नेपाली कार्यरत रहेको मध्यपूर्वका १२ राष्ट्रमा अहिले कोरोना भाईरसको त्रास छ।

धमाधम कार्यक्रम स्थगित

सरकारले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सभा समारोह, गोष्ठीलगायतका सार्वजनिक कार्यक्रमहरू स्थगित गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्