२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

तोरी लाहुरेको जीवन चक्र

मित्र! एयरपोर्टमा पासपोट र टिकट हातमा लिएर लाइन बस्दा सानी छोरीले चक्लेट किन्दिनुस् बाबा भन्दा नि पैसा छैन भन्दै टारेर लुकाएको पैसा एजेन्टलाई बुझाएर भोकभोकै जहाज चढेका हामी तोरी लाहुरे।

जातीय विभेदविरुद्ध र्‍याप रिलिज

समता,समानता र सामाजिक स्वतन्त्रताका मुद्दामा कलम चलाउने कवि तथा साहित्यकार मिमबहादुर परियारको शब्दमा, केटिएम सोल्जाको आवाज र बिटमा, रोशन परियारको निर्माणमा र किरण व्यञ्जनकार वाइल्ड याक रेकर्डको प्रस्तुतिमा ‘बाबू के थरी’ बोलको र्‍याप गीतको भिडियो सार्वजनिक भएको छ।

अप्रिल फुल

आज हाम्री आमाको सपना साकार भएको छ। उहाँका सुन्दर कथाहरूको उच्च मूल्यांकन गर्दै कैलाश वाङ्मय प्रतिष्ठानबाट रु. पचास हजार राशिको पुरस्कार दिने निर्णय गरिएको छ।

बसिबियाँलो

उताबाट माछा मार्ने दुईचार दाजुभाइ आए। साइनो अनुसार दाइ नमस्ते भन्दै माछाकै खोजीमै लागे। दाइको मिहिनेत र काम देखेर धनेलाई भने सोध्न मन लाग्यो, ‘के गर्नु भ’को दाइ?’

चुनावी चाल

पहिलो बाले उत्सुक हुँदै सोधे,‘के हेर्ने रछन् त नि, खाल्डाको सरकारले यहाँबाट?’ खुइय्य गर्दै अर्का बा बोले, ‘नेपालीहरूको गरीबी, रोग, भोक, शोक सबै हेरेर चुनावी रणनीति तय गर्न होला नि!’

डा. विष्णुमाया परियारलाई सम्मान

दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ, जसमध्ये ५९१–५९४ बीच चार पृष्ठमा डा. विष्णुमायाको जीवनी छ जसलाई विश्वका ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छ।

सगरमाथा आरोहणका लागि युवन्तिका तामाङलाई शुभकामना

इलाम हङकङ समाजले आज २०७८ चैत २० गते थाहा पुस्तकालय, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सूर्योदय नगरपालिका–१०,इलामकी २८ बर्से युवन्तिका तामाङलाई खादा लगाएर शुभकामना दिए।

एकचालीसौं कथा दिवसमा मैनालीको सम्झना

साहित्यिक पत्रकार संघद्वारा एकचालीसौं कथा दिवसको उपलक्ष्यमा प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो।

गुञ्जिए लक्ष्मी उप्रेतीका कविता

साहित्यकार लक्ष्मी उप्रेतीको ‘अयन’ साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।

आज १२ समूहबीच प्रतिस्पर्धा

‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ पाँचौं दिन आइतबार (आज) सम्पन्न हुने भएको छ।

गोरुलाई हरियो चस्मा

परिणाम–चस्मा फोरेको रिसले बौलाको होमेले गोरुलाई कुट्दै पल्लोछेउमा भरा फर्काउनुअघि हलोजुवासहित छाँगाबाट हाम्फाल्दा होमे पनि खुर्मुरिएर झर्‍यो। हल गोरु मरे, होमे मरेन। पाप भोग्नलाई होला ढाँड भाँचिएर थला पर्‍यो।

‘भूगोल’को कविगोष्ठी

यस्ता कार्यक्रमको आयोजनाले पारस्परिक सद्भाव बढ्ने भएकाले समाजले आगामी दिनमा पनि यस खालको कार्यक्रम आयोजना गर्ने अध्यक्ष नेपालले बताएका थिए।

भाषण

‘मेरी कलिलो मुनाजस्ती नातिनीलाई बलात्कार गरेर मार्नेविरुद्ध सजाय दिलाउनु सट्टा आफ्नो पार्टीको भन्दै कारवाहीसम्म अगाडि बढाउन नदिने गद्दारलाई मैले चड्कन हाने भने हजुरले मेरो सुरक्षा गर्नुहुन्छ नि होइन? वृद्धा पुनः एकिन हुन खोजिन्।

माथ्लाघरका बा

‘लु बैदार जा! अब भेट हुन्छ कि हुँदैन। तँ मेरो प्यारो मान्चे। सम्झेर आइस्। यता आएपछि एकचोटि देख्न पाउँचु कि पाउँदिनँ भन्ने थियो। देख्न पाएँ। लु जा है! तेरो भलो हुन्छ।’ बा फेरि रोए। मलाई पनि भक्कानो छुटेर आयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्