२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सगरमाथा आरोहणका लागि युवन्तिका तामाङलाई शुभकामना

इलाम हङकङ समाजले आज २०७८ चैत २० गते थाहा पुस्तकालय, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सूर्योदय नगरपालिका–१०,इलामकी २८ बर्से युवन्तिका तामाङलाई खादा लगाएर शुभकामना दिए।

सो अवसरमा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले युवन्तिकाको परिचय दिंदै आरोहण सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा युवन्तिकाले आफ्नो आरोहणको यात्रा विषयमा प्रकाश पार्दै सहयोगी हातहरूलाई धन्यवाद दिएकी थिइन्।

सोही कार्यक्रममा युवन्तिकालाई इलाम हङकङ समाजका सल्लाहकार गणेश पराजुलीले समाजका तर्फबाट नगर रु. एक लाख बीस हजार रकम प्रदान गरे।

कार्यक्रममा कलाकारहरू दिनेश डी.सी., लय संग्रौला, उत्तम केसी, तुलसी पराजुली, सरस्वती घिमिरे, बनाह अधिकारी र सुदिप शर्माले पनि आरोहणका लागि शुभकामना दिएका थिए। यसैगरी कार्यक्रममा शिव अधिकारी, कृष्ण काफ्ले, प्राज्ञ नन्दु उप्रेती, कलाकार विष्णु श्रेष्ठ आदिको उपस्थिति थियो।

सगरमाथा आरोहणका लागि अत्यन्त उत्साही युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिटसम्म उचाइको आरोहण गरिसकेकी छन्।

इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम महिला आरोही हुनेछिन। बाइक राइडिङ लगायतका साहसिक खेलमा रुचि राख्ने युवन्तिकाको यो प्रयासले इलामको पर्यटनलाई प्रचार गर्न थप मद्दत पुग्नेछ।

प्रकाशित: २१ चैत्र २०७८ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App