अनुग्रह राना मगर
खोलाछेउमा खेत थियो। खेतको छेउमा खालि ठाउँ थिए। हर्कबहादुरलाई पहिल्यैबाट त्यस ठाउँको सदुपयोग गर्ने मन थियो। त्यहाँ लगानी गर्न भ्याइरहेको थिएन। ऊ निकै मिहिनेती थियो। थोरै समय बँच्यो कि केही न केही गरेर समयको सदुपयोग गरिहाल्थ्यो। गाउँमा मिहिनेती भनेर नचिन्ने कोही थिएन। गाउँमा कृषि क्षेत्रको एउटा उदाहरणीय व्यक्तिमा पहिलो नाम लिनुपर्दा ऊ नै पर्थ्यो।
बर्खामा लाएको बाली थन्क्याए। उसले मनमा सोच्यो, ‘अब यसको पालो।’
मर्मत गर्न लागे। खोलाको नजिकै भएकाले पानी पुग्दैन भन्नुपर्ने थिएन। मिहिनेत गरे अवश्य फल पाइन्छ भन्ने सिद्धान्तका थिए। उताबाट माछा मार्ने दुईचार दाजुभाइ आए। साइनो अनुसार दाइ नमस्ते भन्दै माछाकै खोजीमै लागे। दाइको मिहिनेत र काम देखेर धनेलाई भने सोध्न मन लाग्यो, ‘के गर्नु भ’को दाइ?’
हर्केले पसीना पुछ्दै जवाफ दियो, ‘के हुनु र भाइ,बसिबियाँलो।’
प्रकाशित: २१ चैत्र २०७८ ०८:१२ सोमबार