२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘भूगोल’को कविगोष्ठी

‘भूगोल साहित्य समाज’ले वनभोज तथा कविगोष्ठी आयोजना गरेको छ। कार्यक्रम काठमाडौंको बालाजु वाइसधारा उद्यानमा चैत १८ गते सम्पन्न भएको हो। भूगोलका मानार्थ,आजीवन तथा साधारण सदस्य सपरिवार सहभागी भएको सो कार्यक्रममा रचना वाचन र मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो।

कार्यक्रममा महेश रिजाल, ओम आचार्य,बुद्धिराज पाण्डे, भागवत शर्मा, गोविन्द सिग्देल, उद्धव खनाल, एलपी पराजुली, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्की, दिनेशविक्रम थापा, पद्मा सापकोटा,विनोद नेपाल, मुकुन्द अर्याल, शैलेन्द्रकुमार शाह लगायतले गीत, कविता, गजल, मुक्तक, छेस्का आदि वाचेका थिए।

कार्यक्रममा नयाँ सदस्यहरूलाई स्वागत पनि गरिएको थियो। कार्यक्रममा बोल्दै अतिथिहरूले कार्यक्रम आयोजनाका लागि समाजप्रति  आभार व्यक्त गरेका थिए। यस्ता कार्यक्रमको आयोजनाले पारस्परिक सद्भाव बढ्ने भएकाले समाजले आगामी दिनमा पनि यस खालको कार्यक्रम आयोजना गर्ने अध्यक्ष नेपालले बताएका थिए।

‘भूगोल साहित्य समाज’ राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरूद्वारा भाषा र साहित्यको उन्नयनको उद्देश्यले गठन गरिएको साहित्यिक संस्था हो।  तीन वर्षदेखि क्रियाशील यस संस्थाको कार्यालय दरबारमार्ग, काठमाडौंमा छ। यससँगै समाजले पन्ध्रौं रचना वाचन श्रृङ्खला सम्पन्न गरेको छ।

समाजका मानार्थ सदस्यद्वय सुशिल श्रेष्ठ र उद्धव खनाल प्रमुख र विशिष्ट अतिथि रहेका सो कार्यक्रममा जयबहादुर चन्द विशेष अतिथि रहेका थिए। कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गरेका थिए।

प्रकाशित: १९ चैत्र २०७८ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App