२४ वैशाख २०८१ सोमबार
image/svg+xml

अब पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै गरिने

काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ।

काठमाडौं धुलोमुक्त भएन: भित्री सडकमा ब्रुमर लगाउन समस्या

भित्री सडकमा  खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा) लाई ब्रुमर र सञ्चालन गर्न समस्या परेको छ। आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ। विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर  सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ।

ब्रुमर खरिद प्रक्रियाबारे छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाले खरिद गरेको ब्रुमरको मूल्य र खरिद प्रक्रिया शंकास्पद भएको भन्दै यसबारे अनुसन्धान थालेको छ। महानगरले झन्डै ११ करोड रूपैयाँमा बु्रमर खरिद गरेको थियो।

अख्तियारले महानगरपालिकालाई भन्यो– ब्रुमर र डस्टबिन खरिदकोे कागजात ७ दिनमा बुझाऊ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ब्रुमर र स्मार्ट डस्टबिन खरिदको कागजात सात दिनमा बुझाउन काठमाडौं महानगरपालिकालाई पत्र काटेको छ।

महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

‘काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन बु्रमर सञ्चालनमा ल्याइएको छ। ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए।

काठमाडाैं सफाइ गर्न प्रदेश सरकारले १२ वटा ब्रुमर उपलब्ध गराउने

प्रदेश ३ सरकारले काठमाडौं उपत्यकाको सफाइका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समयभित्रै ब्रुमर उपलब्ध गराउने घोषणा गरेका हुन्।

ब्रुमर सञ्चालन गर्न एक साता लाग्ने

काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान ब्रुमर (यान्त्रिक कुँचो ) सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ।

फेरि दुई ब्रुमर ल्याउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई ब्रुमर (यान्त्रिक कुचो) ल्याउने भएको छ।

यान्त्रिक कुचोको यात्रा

राजधानी काठमाडौँमा केही वर्षयता धुलोका कारण सबैभन्दा धेरै पीडादायी अवस्था देखिएको छ। धुलोबाट सिर्जित श्वासप्रश्वाससम्बन्धी रोगबाट सर्वसाधारण पीडित भएका छन्। नयाँ वर्षमा नयाँ उत्साह र समृद्धिका कुरा जति गरे पनि धुले सहरको बासिन्दा हुनुको पीडा असह्य छ। यो समस्या सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाले इटालीबाट ल्याएका पाँचवटा ब्रुमरले धुलो उठाउन थालेका छन्। ब्रुमर अर्थात् यान्त्रिक कुचो प्रयोग गरिए पनि सहरमा धुलो कम भएको छैन। यान्त्रिक कुचोले बढार्छ तर फेरि धुलो जस्ताकोतस्तै आइहाल्छ।

ब्रुमर चल्यो, धुलो हटेन

चावहिल चोकमा फेन्सी पसल सञ्चालन गरिरहेका वेदप्रसाद गौतम काठमाडौं महानगरपालिकाले ब्रुमर ल्याएसँगै खुसीले गद्गद् थिए। बिहानदेखि बेलुकीसम्म धुलाम्मे सडकले हैरान भएका उनी ब्रुमर आएसँगै चावहिल चोकको धुलो अन्त्य हुने आशा गरेका थिए। तर, काठमाडौं महानगरपालिकाले चावहिल चोकमा ब्रुमर पनि लगायो। तर, चोकको सडकमा धुलो कमी भएको छैन।

ब्रुमरको रुट तयार

सडकमा ब्रुमर चलाउनु भनेको बसिलाले तास्नुपर्ने फर्निचरको काठमा खाक्सी लगाए जस्तो हो। काठलाई पहिला बसिलाले तासिन्छ। त्यसपछि रन्दा चलाईन्छ। त्यसपछि मात्र खाक्सी लगाइन्छ। त्यसैले ब्रुमरले फोहोर उठाउँनको लागि पहिलो सडक चिल्लो चाहिन्छ।

अझै नअाउने भए महानगरका ब्रुमर

मंसिरको पहिलोसाता बाट राजधानी काठमाडौ सडकमा थप पाँच ब्रुमर लगाएर सफा बनाउने काठमाडौ महानगरपालिकाको योजना विफल भएको छ।

काठमाडाैं महानगरले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ।अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्