धुलो उठाउने 'ब्रुमर' प्रयोगविहीन
काठमाडौं उपत्यकामा धुलो नउड्ने सडक विरलै छन्। सडक विस्तार र खानेपानी पाइप बिछ्याउने कार्य भइरहेकाले अचेल सहरमा जता पनि कुइरीमण्डल धुलो देखिन्छ। सरकारी निकायसँग केही थान धुलो बढार्ने मेसिन 'बु्रमर' भए पनि त्यसलाई प्रयोगमा ल्याउन सकिएको छैन। सडक विभाग र महानगरपालिकासँग गरी ६ वटा बुम्रर छन्।