१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुरमा ब्रुमर सञ्चालन

काठमाडौं– ललितपुर महानगरपालिकाले पनि दुईवटा ब्रुमर सञ्चालनमा ल्याएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी दुईवटा ब्रुमर सञ्चालनमा ल्याइएको जानकारी दिए। उजले महानगरपालिकालाई धूलोरहित बनाउने अभियानअन्तर्गत साउन १० गते खरिद गरिएको दुईवटा ब्रुमर सञ्चालनमा ल्याइएको बताए।

त्यसै गरी दुईवटा पानी ट्यांकर पनि सञ्चालनमा ल्याइएको छ। अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा सञ्चालन गरिनेछ। मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पारे।

इटालीमा निर्माण गरिएको दुईवटा ब्रुमरको मूल्य चार करोड ४८ लाख ११ हजार दुई सय ८० रुपैयाँ छ। जेनटक प्राइभेट लिमिटेडबाट बोलपत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको शो–रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने पनि मेयर महर्जनले विश्वास व्यक्त गरे।

महानगरपालिकाले बुु्रमरसँगै सञ्चालनमा ल्याएको दुईवटा पानी ट्यांकर भने सिप्रदी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको हो। ठूला बु्रमर सञ्चालन नहुने स्थानहरूमा साना बु्रमरको प्रयोग गरी सफाइ अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७६ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App