६ आश्विन २०८१ आइतबार
image/svg+xml

राजधानी र नाम तोक्न सकेन, स्थापना दिवसमा ३४ जना सांसद

प्रदेश न. ५ प्रदेशसभाले मंगलबार दोस्रो स्थापना दिवस मनायो । २०७४ साल माघ २१ गतेका दिन पहिलो बैठक बसेको थियो । त्यहि दिनलाई गत वर्षदेखि प्रदेशसभाले स्थापना दिवसका रुपमा मनाउन थालेको हो । दुई वर्षसम्म पनि प्रदेशको नामाकरण र स्थायी केन्द्र तोक्न नसकेकोमा प्रदेशसभाको निकै आलोचना भएको छ ।

सहिद स्मारक लिगमा खेल मिलेमतोको दाबी

राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजनमा खेल मिलेमतोको हल्ला चलिरहँदा एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आफूहरूलाई नियोजित रूपमा घटुवा गर्ने योजना बनिरहेको दाबी गरेका छन्।

राजधानीमा एकमत, नामाकरणमा अल्झिएको 'मधेश राजनीति'

प्रदेश २ सरकारले ०७५ माघ ५ गत्ते लहानमा आयोजना गरेको १२ औं मधेस बलिदानी दिवसमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नाम अंकबाट छिट्टै अक्षरमा रूपान्तरण हुने बताउँदै नाम पनि ठोकुवा गरिदिए ‘मधेस’ प्रदेश।

स्थायी राजधानीका लागि बुटवलको बिकल्प छैन : काँग्रेस नेता खाँण

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नं. ५ को स्थायी राजधानीका लागि रुपन्देहीको बिकल्पै नभएको बताएका छन्। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार रुपन्देहीको मणिग्राममा सञ्चालित औधोगिक मेला तथा कृषि तथा पर्यटन महोत्सवको उदघाटन गर्दै नेता खाँणले हरेक दृष्टिकोणले स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएकाले यसको बिकल्प सोच्नै नसकीने बताएका हुन्।

प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ नाममा अझै झमेला

मधेस केन्द्रित दलको सरकार गठन भएसँगै प्रदेश २ को नाम अंकबाट अक्षरमा रूपान्तरण धेरैको अपेक्षा थियो। सहमतिमा नाम चयन हुन नसकेपछि गत भदौमै प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता भएको छ।

नाममा हारेका सांसद्

अन्ततः प्रदेश ३ ले नाम पायो। राजधानी पायो। प्रदेशसभा गठनको एक वर्षभित्र यो निर्णय भइसक्नु पथ्र्यो। तर, भएन। मुख्यमन्त्री डोरमणि पौडेल र प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको स्वार्थ मिलेको थियो। दुवै हेटौंडाका नागरिक हुनुबाहेक यसमा अरु स्वार्थ मिल्नु पर्ने कारण थिएन।

नेकपामा फ्लोर क्रसको त्रास

एक सय १० सांसद रहेको प्रदेश ३ मा नेकपाका ८० जना छन्। राजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ।

राजधानी र नामबारे प्रदेशसभामै चर्काचर्की

चार महिनापछि बसेको प्रदेश ३ संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमै राजधानी र नामबारे सांसदबीच चर्काचर्की भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा विभिन्न राजनीतक दलका सांसदले एकअर्कालाई आरोप–प्रत्यारोप गरेका थिए।

केन्द्रको विरोध नगरे पनि सांसद असन्तुष्ट

स्थायी राजधानी र नामबारे छलफल गर्न तीन दिनदेखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश ३ संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ।

प्रदेश ३ काे राजधानी र नाममा रस्साकस्सी जारी

प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छुट्टा–छुट्टै छलफल गरेका छन्। दुवै पार्टीको संसदीय दलको बैठक शुक्रबार प्रदेशको अस्थायी राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंमा गरेका हुन्।

स्थायी राजधानी बिहीबार तोक्ने सम्भावना

लामो समय यथावत रहेको प्रदेश ३ को स्थायी राजधानी अर्को साता पाउने सम्भावना भएको छ।

बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्न सक्दैन: नेता खाँण

नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्नै नसक्ने बताएका छन्।

प्रदेश ५ को राजधानी सिफारिस, भेगीय स्वार्थकै प्रतिवेदन

प्रदेश नम्बर ५ को स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले गत सोमबार प्रदेशसभालाई आफ्नो प्रतिवेदन बुझायो। प्रदेशसभाबाट दुईतिहाइ बहुमत जुट्न नसकेपछि स्थायी राजधानी र नाम चयन गर्नका लागि प्रदेशसभाले विशेष समिति बनाएपछि स्थायी राजधानी घोषणा हुने मात्रै हैन, स्थायी राजधानी हुनसक्ने सम्भावित थलोबारे विभिन्न बहस थालिए।

विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले १६ महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार प्रदेशसभाका उपसभामुख कृष्णी थारूलाइ बुझाएको छ।

प्रदेश नं ५ः नाममा निर्विवाद, राजधानी टुंगो छैन

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित बिशेष समितिले १६ महिना पछि प्रतिवेदन बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्