६ आश्विन २०८१ आइतबार
image/svg+xml

वरिष्ठ नेता खनाललाई भेट्न प्रचण्ड पुगे डल्लु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भेटेका छन्।

माओवादी एक नं पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्।

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ। बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। नेकपा (एस) ले ६ वटासम्म मन्त्रालय पाउने सम्भावना छ।

केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेँ, त्यो ज्ञान काँग्रेस र माधवजीलाई पनि काम लाग्छ : प्रचण्ड

नेकपा पार्टी गठन गर्दाताका सहमति ओलीले तोडेको आरोप लगाउँदै प्रचण्डले ओलीले प्रधानमन्त्री बन्नका लागि ठगी धन्दा चलाएको बताए।

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा

यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

माओवादी बैठकको निर्णय : अन्य शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्ने

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले बैठकले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको जानकारी दिँदै उनले विभागको प्रमुख पनि तोकेको बताए।

उसको अध्यादेश लोकतन्त्र सिध्याउने, हाम्रो अध्यादेश लोकतन्त्र जोगाउनेः प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगतमा केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताएका छन्।

नेपालको नयाँ पार्टीको सनाखत हुन बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुन्छः प्रचण्ड

‘नयाँ परिस्थिति बनेको छ। आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर,' उनले भने, 'बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ। जति छिटो उहाँको सनाखत हुन्छ। त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ।’

हामी सबै पद, प्रतिष्ठामा ध्यान दिने व्यक्तिवादी भएका छौँ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिंदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्ने आवश्यकता रहेको बताएका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठकः नेताहरुको कार्यविभाजन विषयमा छलफल

“आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छाैं', उनले भने,'आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउने छन्, त्यसपछि त्यसको व्याख्यार निस्कर्षको लागि स्ष्थायी समितिको बैठक भोलि बस्नेछ।”

सङ्गठन पुर्नगठनतिर माओवादी केन्द्र

नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नगठनमा लागेको छ।

ठूलो शक्ति बन्ने दाहालको दाबी

दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्। ‘यसबीचमा हाम्रा कमीकमजोरी पनि भए। सहिद परिवार, घाइते र पीडितलाई प्रतिक्रियावादीले हाम्राविरुद्ध प्रयोग गर्न पनि खोजे। तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं, संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो,’ दाहालले भनेका छन्।

प्रतिगमनप्रतिको खतरा टरिसकेको छैन, सचेत रहनुहोलाः प्रचण्ड

‘पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तर्गत पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिले त्यसबारे आवश्यक निर्णय लिनेछ।’

संसद्‌मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?

बिहीबारको बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले निवर्तमान प्रधानमन्त्री केपी ओली र एमाले सांसदहरूप्रति लक्षित गरेको अभिव्यक्ति विवादमा पर्‍यो। उनले ‘निवर्तमान प्रधानमन्त्री केपी ओली फिजिकल्ली र मेन्टल्ली ठीक हुनुहन्न, उहाँले परमादेशबाट बनेको सरकार बारम्बार भने पनि सांसदहरूले आफैंलाई अपमान हुनेगरी किन परमादेश भनेको ?’ भन्दै संसद्‌मा आक्रोश पोखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्