१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठकः नेताहरुको कार्यविभाजन विषयमा छलफल

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ।

आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो। बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी समितिको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने बताए।

“आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छाैं', उनले भने, 'आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउने छन्, त्यसपछि त्यसको व्याख्यार निस्कर्षको लागि स्थायी समितिको बैठक भोलि बस्नेछ।”

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेकाे राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ। 

प्रकाशित: ३१ श्रावण २०७८ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App