coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेँ, त्यो ज्ञान काँग्रेस र माधवजीलाई पनि काम लाग्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। शनिबार वाईसीएल नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको काम कामको आलोचना गरेका हुन्।

गठबन्धनको बैठकमा केपीसँग एकता गरेर के पाउनुभयो भन्ने प्रश्न नेताहरुले गरेकोमा आफू नाजवाफ भएको उनले बताए। उनले भने, ‘केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान काँग्रेसलाई काम लाग्छ, माधवजीलाई पनि काम लाग्छ।’ केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे। भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’, उनले भने‘ रक्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी।’

नेकपा पार्टी गठन गर्दाताका सहमति ओलीले तोडेको आरोप लगाउँदै प्रचण्डले ओलीले प्रधानमन्त्री बन्नका लागि ठगी धन्दा चलाएको बताए। ‘कतिपय साथीले एकता गर्नु नै बेकार रहेछ पनि भन्नुहुन्छ, तर एकता गर्नुपर्थ्यो’, प्रचण्डले भने, ‘विधान र राजनीतिक प्रतिवेदनमा अहिलेको राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनलाई निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन्। अध्यक्ष र प्रम पालोपालो बन्ने भन्नेमा सही गरेको छ। तर प्रम प्राप्त गर्नका लागि केपीको सबै ठगी धन्दा रहेछ।’

प्रकाशित: १२ भाद्र २०७८ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App