६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिगमनप्रतिको खतरा टरिसकेको छैन, सचेत रहनुहोलाः प्रचण्ड

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस दोस्रो साता गर्न प्रस्ताव

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन्। 

शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले संविधानको कार्यान्वयन गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको बीचको सहकार्यलाई निरतरता दिनुपर्नेमा जोड दिएका छन्।

यसैगरि, प्रचण्डले आगामी पुस दोस्रो साता लागि राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका छन्। पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  

उनले भने, ‘पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तर्गत पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिले त्यसबारे आवश्यक निर्णय लिनेछ।’ बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावका साथै विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई ८ समूहमा विभाजित गरिएको श्रेष्ठले बताए।

सबै समूहले दुवै प्रस्तावमाथि केन्द्रित रहेर छलफल सुरु गरेको र ती समूहहरुका निष्कर्ष भोलि (आईतबार) बिहान ११ बजे पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुनेछ। सबै समूहको निष्कर्षको आधारमा पार्टीले अध्यक्ष दाहालले प्रस्तुत गरेको दुवै प्रस्तावउपर आवश्यक निर्णय लिने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७८ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App