७ आश्विन २०८१ सोमबार
image/svg+xml

भरतपुरमा ७० प्रतिशत मत गणना सकियो, रेणुको अग्रता ७ हजार नाघ्यो

चितवनको भरतपुर महानगरपालिकाको ७० प्रतिशत मत गनेर सकिएको छ। ९ दिनको अवधिमा ८८ हजार २८४ मत गणना गरिएको हो। भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो।

भरतपुरमा रेनु दाहालले फराकिलो मतान्तर बनाउँदै, सुवेदी १ हजार ११९ मतले पछि

वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्।

भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदी अगाडी

चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले सुरुवाती अग्रता कायमै राखेका छन्। भरतपुर वडा नम्बर १ को १५० मत गन्दा सुवेदीले ६६ मत प्राप्त गरेका छन्।

चितवन निर्वाचन अपडेट

माडी नगरपालिका वडा नम्बर १ अपडेट ६०० मतमा मेयरमा ऋषि काफ्ले: हसिया हथौडा -२४१, ताराकाजी महतो: सूर्य-२७१ रहेका छन्।

चितवनका सात पालिकामा मतगणनास्थल सुरक्षित बनाइयो

चितवनका सात वटै पालिका तहमा मतगणनास्थललाई सुरक्षित बनाइएको छ। मतगणनास्थलमा फलामको बारसहित जाली, सिसी क्यामेरा जडान लगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए।

भाेट माग्ने धेरै भए हावाहुरीले उडाएकाे छानो हाल्दिने कोही भएनन्

न्यूरेनीमा पहिलोपटक यति ठूलाे हावाहुरी आएको हो। यहाँका २२ घरधुरीमा क्षति पुगेको छ। तीन मिनेटकोबीचमा नै घर गोठ गरेर ५० लाखभन्दा बढीको क्षति पुगेको पुरुषाेत्तम भट्टराइले बताए। हावाहुरीसहित ठूलो पानी आयो। बाहिर अडिन सक्ने अवस्था थिएन। हामीलाई नै उडाएर लैजाने अवस्था थियो। उनले दुई तीन मिनेटपछि बाहिर निस्कँदा अधिकांश तहस नहस बनाएको थियो।’

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

चितवनमा मान्छे मार्ने बाघ नियन्त्रणमा

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन।

बाघले बेपत्ता बनाएको शव भेटियो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ।

स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो।

प्रजातन्त्र दिवसमा चितवन कारागारका ११ कैदीको सजाय मिनाहा

राष्ट्रपति कार्यालयले कैदीबन्दीको सजाय मिनाहा तथा आममाफी दिएको सूचना शुक्रबार नै निकाले पनि कैदीवन्दीहररू आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन्।

अदालतले फैसला गरेर फरार रहेका २६० पक्राउ

अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो।

बाघको आक्रमणबाट दुई गैँडाकाे मृत्यु

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्