४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निर्यातमूलक उद्योगलाई प्राथमिकता

सरकारले आगामी वर्षको बजेटमा निर्यातमूलक उद्योगलाई प्राथमिकता दिने भएको छ । मुलुकमा ठूलो व्यापार घाटा भइरहेको अवस्थामा स्वदेशी उत्पादन वृद्धि गरेर निर्यात गर्न निर्यातजन्य उद्योगलाई प्राथमकिता दिने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

उत्तर र दक्षिणका रेलमार्ग सुरु

विरगन्जदेखि काठमाडौंसम्मको रेलले भारतसँग र रसुवागढीदेखि काठमाडौंसम्मको रेलले चीन जोड्ने अधिकारीहरूले बताउँदै आएका छन् । भौगोलिक अवस्थाले गर्दा ती रेलमार्गको निर्माण कार्य सुरु हुने÷नहुनेबारे अन्योल भइरहेको बेला सरकारले आगामी वर्षदेखि नै दुई ठूला आयोजना अघि बढाउने निर्णय गरेको हो ।

शैक्षिक सुधारका लागि सरकारको योजना : उच्च गतिको इन्टरनेट सेवादेखि अनुसन्धानमूलक शिक्षासम्म

सरकारले शिक्षाको क्षेत्रमा सुधार ल्याउने र विद्यार्थीलाई गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेको शैक्षिक योजनामा सरकारले आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गर्ने बताइएको छ ।

‘साक्षर नेपाल’ घोषणा, ११ वर्षदेखि निरन्तरता,अझै पूर्ण भएन

सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको ११ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । नीति तथा कार्यक्रम २०७७/७८मा पनि राष्ट्रपति वद्यादेवी भण्डारीले ‘साक्षर नेपाल’ घोषणा गरिने शिक्षा क्षेत्रको सवालमा नीति प्रस्तुत गरीन् । प्रत्येक सरकारले आफ्नो नीति तथा कार्यक्रममा साक्षर नेपाल घोषणा गर्ने नीति प्राथमिकताका तसाथ राखे पनि त्यो प्रभावकारी भने देखिएको छैन ।

‘नीति तथा कार्यक्रम नीतिविहीन’

सरकारको नीति तथा कार्यक्रम प्रति विभिन्न राजनीतिक दलका नेताले विभिन्न प्रतिक्रिया दिँदै नीतिविहीनको नीति तथा कार्यक्रम भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले समेट्नुपर्ने विषयलाई नसमेटेको बताए ।

नीति तथा कार्यक्रम : खेलकुद पुर्वाधारमा निरन्तरता, नवौं राष्ट्रिय खेलकुद यो वर्ष हुनेमा अन्यौल

प्रत्येक दुई/दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सरकारको नीति छ । त्यही नीति अनुसार यही साल फागुनमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाञ्चलमा आयोजना गरियो । त्यसको दुईवर्षपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाँके(नेपालगन्ज)मा आयोजना गरिएको थियो ।

नीति तथा कार्यक्रम कार्यान्वयनकै चुनौति: अध्यक्ष दाहाल

सत्तारुढ दलकै नेताहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन्। संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको तर कार्याक्रम कार्यान्वयनमा चुनौति रहेको बताए। उनले भने‘चुनौति चाहिं कार्यान्वयनकै छ।

प्रतिपक्षी दलका नेताको प्रतिक्रिया : प्राथमिकता गुमाएको नीति तथा कार्यक्रम

प्रमुख प्रतिपक्षी दलका नेताहरुले ‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर निकाल्ने नसक्ने प्रतिक्रिया दिएका छन्।

नीति तथा कार्यक्रममा लिपुलेकबारे के भनियो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएकी छन्। आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने बताइन्। सो समेत गरी छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिने पनि उनले बताइन्।

नीति तथा कार्यक्रम : सरकार सफल भएको दावी

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा राष्ट्रपति भण्डारीले सरकारका लक्ष्य र प्रतिवद्धताहरु कार्यान्वयन हुँदै गएको पनि दाबी गरिन्।

नीति तथा कार्यक्रम : आगामी वर्ष मुलुकका सबै क्षेत्रमा विद्युत

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामि वर्ष मुलुकका सबै क्षेत्रमा विद्युत सेवा पुर्याकउने बताएकी छन्। संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले आगामी वर्षको बजेटमा विद्युत उत्पादनलाई पनि प्राथमिकताका क्षेत्रमा राखेको भन्दै उनले आगामी वर्ष सबै स्थानिय तहमा विद्युत सेवा उपलब्ध गराउने बताएकी हुन्।

नीति तथा कार्यक्रम:अब भोकले कोही मर्नू पर्दैन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा सरकारको नीतितथाकार्यक्रमपेशगरेकी छन्। सो अवसरमाउनले आगामीवर्ष ०७७/०७८ माकोहीनागरिक भोकले नमर्ने बताएकी छन्।

सरकारको नीति तथा कार्यक्रम: स्वास्थ्य, शिक्षा र रोजगारीलाई विशेष प्राथमिकता

राष्ट्रपति विद्यादेवी भण्डारीले संददको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रमपेस गरेकी छन्।शुक्रबार दिउँसो चार बजे सूरु भएको संसद बैठकमासरकारका नीतितथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष ०७७/०७८ को बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारीलागायका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएकी छन्।

राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। संसद भवन नयाँ बानेश्वरमा दुवै संसदको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्