६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममा लिपुलेकबारे के भनियो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएकी छन्। आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने बताइन्। सो समेत गरी छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिने पनि उनले बताइन्। उनले भनिन्, 'लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ। तदअनुरुप छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।’’

राष्ट्रपति भण्डारीले आफ्नो अन्तर्राष्ट्रिय सीमाको रक्षा, सुरक्षा र संरक्षण गर्न सक्षम रहेको समेत बताइन्। अन्तराष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिँदै ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीति माध्यमबाट भारतसँग सीमा विवाद टुंगो लगाइने पनि उनले बताइन्।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेपछि यसको विरोध हुँदै आएको छ। पछिल्लो समय भारतले नेपाली भूमि हुँदै मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि सरकारले यो विषय नीति तथा कार्यक्रममै समावेश गरेको हो।

 

प्रकाशित: २ जेष्ठ २०७७ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App