४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नीति तथा कार्यक्रम : आगामी वर्ष मुलुकका सबै क्षेत्रमा विद्युत

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामि वर्ष मुलुकका सबै क्षेत्रमा विद्युत सेवा पुर्याकउने बताएकी छन्।   संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले आगामी वर्षको बजेटमा विद्युत उत्पादनलाई पनि प्राथमिकताका क्षेत्रमा राखेको भन्दै उनले आगामी वर्ष सबै स्थानिय तहमा विद्युत सेवा उपलब्ध गराउने बताएकी हुन्।  

यस योजना अन्तर्गत उच्च पहाडी तथा हिमाली क्षेत्रमा दुई सय सौर्य उर्जा जडान गरिने कार्यक्रम रहेको पनि उनले बताएकी छन्।   विद्युतको उत्पादन बढाउन माथिल्लो तामाकोशीको उत्पादन निर्माण सम्पन्न गर्नै लक्ष्य रहेको बताउँदै उनले बुढिगण्डकी र पश्चिम सेती परियोजनाको काम सूरु गरिने बताईन्।  

त्यसैगरी, निर्माणाधिन ६६ केवी भन्दा उच्च क्षमताका विद्युत प्रशारणका कामलाई तिव्रता दिइने बताइन्। सिचाई र कृषिका लागि आवश्यक विद्युत सेवा प्रदान गरिनेछ भने मुलुकमा विद्युत उत्पादन बढाई भारत, र बंलगादेशमा निर्यातका लागि पहल गरिने उनले बताएकी छन्।  

सो अवसरमा उनले मुलुकमा स्थास्थ्य, शिक्षा, खानेपानी, रोजगारी लगायतमा पहुँच बढाउने लक्ष्य लिएको बताईन्। मुलुकका सबै स्थानिय तहमा पाँचदेखी १५ वेड क्षमताको अस्पताल निर्माण गरी सबै वडालाई पुर्ण रुपमा खोप उपलब्ध गराइनेछ। त्यसैगरी, केन्द्र र प्रदेश स्तरमा सरुवा रोग प्रशिक्षण केन्द्र स्थापनाका लागि ५० शैयाका रहेनछन्।

 

प्रकाशित: २ जेष्ठ २०७७ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App