४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम:अब भोकले कोही मर्नू पर्दैन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा सरकारको नीतितथाकार्यक्रम पेश गरेकी छन्। सो अवसरमाउनले आगामीवर्ष ०७७/०७८ माकोहीनागरिक भोकले नमर्ने बताएकी छन्। 

सरकारले अगामीआवको बजेटमा रोजगारी, शिक्षा, कृषि, पशुपालन, लगायतका क्षेत्रलाई प्राथमिकतादिएको भन्दै उनले आगामीदिनमा ठूलो लगानीगरिने भएकाले कोहीभोक भोकै नपर्ने बताएकीहुन्। 

कृषिलाई आधुनिकीकरण गरी, वैदेशिक रोजगारीवाट फर्केका युवालाई कृषि पेशामा सहज रुपमाकर्जा दिइने सरकारको नीति रहेको छ। कृषकको हौसला बढाउन, विउ, मल र बिक्रिवितरणका लागिआवश्यकपहलगरिने नीति समेटिएको छ। आवश्यक परे कृषकको गोठ गोठमा गई तालिमदिइनेछ उल्लेख छ।

त्यसैगरी, चालु आवको बजेटमा कृषिको व्यावसायिकउत्पादनमाजोड दिइने नीति रहेको छ।आगामीवर्षमा रोजगारीकाअवसर सृजना गर्ने कार्यक्रम रहेका छन्। बेरोजगारी समस्यालाई सम्वोधनगर्न सरकारले विभिन्ननयाँकार्यक्रमल्याउने तयारी गरेको छ।

'प्रावधिकशिक्षा, व्यवासायिकतालिमलाई एकीकृत रुपमा परिचालनगरिनेछ। आवश्यक परेमा सबै स्थानीयतहमा घुम्ती तालिम सेवा सञ्चालनगरिनेछन्। उद्यम, व्यवसाय, क्षमताविकास, लागिआवश्यकपहलगरिनेछ'नीति कार्यक्रममा भनिएको छ।

शिक्षित बेरोजगार युवालाई प्रमाणपत्रको आधारमानीजले अध्ययन गरेको विषयमाआधारमाकर्जा लगानीदिने कार्यक्रम यस वर्ष पनि समेटिएको छ। श्रमिकको सिप र क्षमताको उपयोग गर्न सहजहुने गरी समन्वयगर्न पहलगरिनेछ। 

रोजगारदाता र श्रमिक संगठन विचअसल सम्वन्धविकास गराउने गरी काम हुने बताइएको छ। सबै प्रकृतिकाश्रम शोषण अन्यगरिने नीति तथा कार्यक्रममा बताइएको छ।

योगदानमाआधारित सामाजिक सुरक्षा प्रणालीलाई जोड दिईने, गरिवीतथा अन्यकालागिआयआर्जनकाकार्यक्रम सञ्चालनगरिने नीति सरकारले लिएको छ।

सार्वजनिक, निजी, सरकारी खर्चलाई उत्पादनमुखी क्षेत्रमाकेन्द्रितगरिने राष्ट्रपतिले बताईन्।सार्वजनिकविद्यालयकालागिनयाँकार्यक्रमल्याइने उनले बताइने। शिक्षाको गुणस्तरमा वृद्धि गर्नविद्यार्थिको संख्याको आधारमा समायोजन गरिने छ।

विद्यालय स्तरमा विज्ञान विषयलाई प्राथमिकतादिईनेछ। त्यसैगरी, विद्यालयको तहमा नेपालको गौरव, संस्कृती, झल्काउने विषय समावेस गर्ने सरकारको नीति छ।

 

 

प्रकाशित: २ जेष्ठ २०७७ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App