३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम कार्यान्वयनकै चुनौति: अध्यक्ष दाहाल

सत्तारुढ दलकै नेताहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन्। संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको तर कार्याक्रम कार्यान्वयनमा चुनौति रहेको बताए। उनले भने ‘चुनौति चाहिं कार्यान्वयनकै छ। मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने यसले राम्रै गति लिन्छ।’

त्यसैगरी नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मुल्याङ्कन भएपछि मात्रै नीति कार्यक्रमले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिने बताए। उनले अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको तर कार्यान्वयनमा चुनौति रहेको बताए। उनले भने ‘अहिलेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, त्यसबाट नेपालमा पर्ने प्रभाव अझै कस्तो हुन्छ भन्न सकिदैन। त्यो प्रभावको समग्र मूल्याङ्कनपछि यो नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ। अहिलेलाई नीति कार्यक्रम हामीले सुन्यौं त्यो राम्रो छ। सबै क्षेत्रलाई समेटेको छ फेरीपनि कार्यान्वयनका चुनौतिहरु हाम्रा अगाडि छन्।’

 

 

प्रकाशित: २ जेष्ठ २०७७ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App