४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कास्की र मकवानपुरमा भीषण वर्षा,साना तथा ठूला नदीमा बाढी आउन सक्ने

आज कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।

गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई

नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा नवलपुरलाई पराजित गर्दै कास्की नगद १ लाख रुपैयाँ राशीसहित च्याम्पियन बन्यो। उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ।

कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित

पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाँउपालिका र भरतपोखरीमा बढी देखिएको छ।

सुमनलाई पुरुष सिंगल्समा स्वर्ण

किङ्स टिटीका सुमन शाक्यले सोमबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।

अनुदान उत्पादनमा प्रेरक

कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छिन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन्।

कास्की त पुगियो तर हिमाल छेकियो

कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङखला राम्रोसँग नदेखिएको त्यति नै समय भयो।

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।

तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै

पृथ्वी राजमार्गमा जोडिएको कास्कीको लेखनाथस्थित तालचोकदेखि बेगनासतालसम्म जोड्ने सडक–खण्डको स्तरोन्नती थालिएको छ। विश्व बैंकको सहयोगमा यो सडकखण्ड स्तरोन्नती गर्न लागिएको हो।

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ।

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्