३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई

नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा नवलपुरलाई पराजित गर्दै कास्की नगद १ लाख रुपैयाँ राशीसहित च्याम्पियन बन्यो। उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ।

नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो घरेलु मैदानमा २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो। खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले। त्यस्तै सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए। नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए। कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिएका थिए।

१४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो। नवलपुरलाई सस्तैमा समेट्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ प्रभावकारी रह्यो। उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काए। सव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे। यता अभिषेक थापाले समेत २ विकेट झारे। उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पभेलिएनको बाटो देखाए। त्यस्तै नितेष गिरीले नवलपुरका लागि सर्वाधिक ३३ रन जोडेका गोविन्द विकलाई मुस्कान थापाबाट क्याच आउट गराए। उनले नै विशाल पौडेल ३ रनमा किरण पौडेलबाट क्याच आउट गराउन पुगे।

गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडेल घोषित भएका छन्। उनले ट्रफीसहित नगद ४ हजार हात पारे। उनी नै बेष्ट बलर घोषित भए। वेष्ट व्याटरबाट कास्कीका मुस्कान थापा घोषित भए। उनीहरुले जनही नगद २–२ हजार हात पारे। फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन्। उनले नगद १ हजार प्राप्त गरे।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो।

प्रकाशित: २० जेष्ठ २०८० १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App