४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तनहुँ र कास्कीमा डेंगी संक्रमण तिब्र

कास्की र तनहुँमा यो सिजनमा फेरि डेंगी संक्रमण बढेको छ। तनहुँको आँबुखैरेनीमा डेंगी संक्रमण बढेपछि विद्यालय नै बन्द गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका अहिले डेंगीको ‘हटस्पट’ बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। कास्कीमा पनि संक्रमण बढ्न थालेपछि सचेतना अपनाउन पोखरा महानगरले आग्रह गरेको छ।

डुबेर र माटोको ढिस्कोले पुरिएर पाँचजनाको ज्यान गयो

पौडी खेल्ने क्रममा र माटोको ढिस्कोले पुरिएर कास्की र मुस्ताङमा गरि पाँच जनाको ज्यान गएको छ। कास्कीका विभिन्न ठाउँमा डुबेर शुक्रबार तीनजनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार ज्यान गुमाउनेमा एकजना बालक र दुइजना युवक छन्। त्यस्तै मुस्ताङमा माटोको ढिस्कोले पुरिएर दुइजना कामदारको ज्यान गएको छ।

पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत

अविरल वर्षापछिको पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी पहिरो पीडितका घरमै पुगेर पीडितका आफन्तलाई राहत रकम हस्तान्तरण गरेका हुन्।

पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार

अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पहिरोले पुरिएर पोखरा महानगरपालिका–२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।

लमजुङ पहिरो अपडेटः बेपत्ता चारैजनाको मृत्यु, पहिचान पनि खुल्यो

मङ्गलवार रातिदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परी बेपत्ता भएका एकै परिवारका ३ जनासहित ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

पोखरामा स्कारपियो र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन्।

जनतामा आशा जगाउने काम मात्र गर्छौं:मन्त्री गिरी

सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन्।

दुर्घटनाका घाइते भन्छन्:मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो

कास्कीको अन्नपूर्ण गाउँपालिका-५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो।

एमाले कास्कीमा नयाँ नेतृत्व चयन चल्दै, मतदान गर्न ९ देखि ४४ मिनेटसम्म लाग्ने

नेकपा एमाले कास्कीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। आईतबारदेखि शुरु भएको अधिवेशन अन्तर्गत मंगलबार साँझ ७ बजेदेखि मतदान शुरु भएको थियो। मंगलबार बेलुकादेखि शुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन समितिले जनाएको छ।

पर्यटकमाथि शुल्कको भार थोपर्दै गाउँपालिका

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग प्रवेश शुल्कका नाममा पर्यटन शुल्क उठाउने भएको छ। गाउँपालिकाले एक सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको हो। योसँगै अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ।

जानाजान आगो झोस्दा वन सखाप (फोटो सहित)

यो सिजनमा मात्र कास्कीमा कम्तिमा १० हेक्टर क्षेत्रफल वनक्षेत्र आगलागीले नोक्सान भईसकेको छ। सोमबार बेलुकीको आगलागीले काहुँमा मात्र करिब ३ हेक्टर क्षेत्रफल वन क्षेत्र नोक्सान भएको छ। अहिले पनि कास्कीमा कम्तिमा आधादर्जन ठाउँका वन क्षेत्रमा आगलागी भईरहेको छ। काहुँ, धम्पुस, पञ्चासे लगायतका क्षेत्रमा आगलागी भईरहेको डिभिजन वन कार्यालयले बताएको छ।

कास्कीका स्थानीय तहः रुपा अब्बल, पोखरा महानगर सबैभन्दा कमजोर

वित्तीय सुशासनमा रुपा गाउँपालिका कास्कीका पालिकाहरुमध्ये अब्बल ठहरिएको छ। जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित स्थानिय तहको आर्थिक बर्ष २०७९/८० को वित्तीय सुशासन जोखिम मुल्यांकन(फ्रा)को नतिजामा रुपा गाउँपालिका ६७ अंक प्राप्त गर्दै कास्कीमा अब्बल ठहरिएको हो।

‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण पोखरामा सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ प्रशिक्षण दिन थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्