१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भाेलि नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा गरिँदै

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

नगर प्रमुखका अनुसार भाेलि पोखरालाई पर्यटकीय राजधानी घोषणा गिरने छ। पर्यटकीय राजधानीकाे घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। पर्यटकीय नगरी घोषणा कार्यक्रमका अवसरमा बसुन्धरा पार्कबाट झाँकीसहितको र्‍याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा गरिने छ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको नगर प्रमुख आचार्यले जानकारी दिए।

प्रकाशित: ३ चैत्र २०८० १३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App