१ मंसिर २०८१ शनिबार
image/svg+xml

कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता अलपत्र

संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका छन्।

नेविसंघमा महिला नेतृत्व माग गर्दै देउवाकोमा पुगे विद्यार्थी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा महिलाको नेतृत्व माग्दै विद्यार्थी नेतृहरू सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।

सरकारको एक वर्ष

दुई तिहाइ बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीको शक्तिशाली सरकारले पहिलो वर्ष पूरा गरेको छ।  जनआन्दोलन २०४६ लगत्तै भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले पाएको सुविधाजनक बहुमतको सरकार तीन वर्षमै मध्यावधि निर्वाचनमा गएपछि सुरु भएको मुलुकको अस्थिरता यात्राको विरामका रूपमा यसलाई हेरिएको छ।

गगनको प्रश्नः प्रधानमन्त्रीज्यू ऐना हेर्नु हुन्छ कि हुन्न ?

नेपाली कांग्रेसका युवा नेता गगन थापाले हप्तै विच्छे बाहिरिने अनेक भ्रष्टाचारको विषयमा सरकारको नाम जोडिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने वाक्य हास्यास्पद रहेको बताएका छन्।

'निर्णय गर्छ, कार्यान्वयन गर्दैन कांग्रेस'

गुटगत राजनीतिले गाँजेको कांग्रेसमा आन्तरिक सहमतिमा धेरै निर्णय हुन्छन्। तीमध्ये कतिपय त नेतृत्वको आकांक्षबाहिर रहेर सहमतिकै लागि पनि गरिएका हुन्छन्।

ओली सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ : महत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्।

किन लाग्छ कांग्रेसलाई अलोकतान्त्रिकको आरोप ?

‘कम्युनिस्ट सरकारले अधिनायकवाद ल्यायो, यो सरकारले लोकतन्त्रको सामान्य मूल्यमान्यतालाई पनि बिर्सियो’, पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक भाषणामा यो भन्न छुटाउँदैनन्।

कांग्रेस अब गगन थापाको पुस्तामा जान्छः मीनेन्द्र रिजाल (भिडियाे)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले आगामी १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार राजाराम गौतमसँग कुरा गर्दै नेता रिजालले आम नागरिकमा कांग्रेसप्रतिको आशा जगाउन नेतृत्व परिवर्तन अतिआवश्यक रहेको बताए। १४ औं महाधिवेशनबाट सभापति र वरिष्ठ नेताहरुलाई सम्मानपूर्वक विदाई गर्ने र युवालाई जिम्मा दिनुपर्ने उनको भनाई छ।

बुथबाट चुनिन डराए कांग्रेस नेता

महाधिवेशन प्रतितिनिधि हुन केन्द्रीय सदस्य पनि बुथबाट आउनुपर्ने विषयलाई लिएर कांग्रेसको केन्द्रीय समिति अनिर्णित बनेको छ।

प्रतिपक्षले अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्‍याे : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको बताएका छन्।

नेविसंघ धादिङमा तीन अध्यक्ष

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ धादिङमा विवाद चुलिएको छ। केन्द्रबाट तीनजना अध्यक्षहरूलाई जिम्मेवारी दिएको पत्र आएसँगै विवादले उग्र रूप लिएको छ। सोमबार मात्रै नेपाली कांग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवालाई नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएका थिए। राजीनामा दिएसँगै जिल्लामा पनि आफू निकटका विद्यार्थी नेताहरूलाई अध्यक्षको जिम्मेवारी तोकिएका विभिन्न पत्र बाहिर आएका छन्।

नेवि संघको कार्यसमिति भंग, मनोनयन बदर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले नेपाल विद्यार्थी संघमा भएका मनोनयनलाई बदर गर्दै कार्यसमितिलाई भंग गरेको छ।

सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। वितेको एक वर्षमा सरकार र कांग्रेसले अवसरको सदुपयोग गर्न नसकेको उनको भनाई छ।

निर्मम बहसको खाँचो

नेपाली कांग्रेस विधि र विधानभन्दा भीड अनि दबाबबाट निर्देशित हुन थालेको छ। पार्टी संगठन नेतृत्वको योजना र कार्यक्रमका आधारमा होइन, सडकको दबाबबाट निर्णय गर्न बाध्य हुँदै छ। घुर्की र धम्कीका भरमा पार्टी नेतृत्वले निर्णय लिनुपर्ने अवस्थाको विकास गरिँदै छ। यसो गरिरहँदा एकथरीले पार्टी नेतृत्वलाई झुकाउन सफल भएको ठान्ने गरेको छ। तर यथार्थमा पार्टी पद्धतिलाई ‘लिकआउट’ गरेर पार्टीलाई कमजोर बनाउने खेलमा सामेल भइराखेको छु भनेर गर्नेहरूले नै बुझिरहेका छैनन्। अथवा, बुझ्न चाहेका छैनन्।

नेविसंघ तदर्थ समिति : देउवा समूहका नेताबीच जुँगाको लडाइँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको राजीनामासँगै अन्यौलताका बीच रहेको नेविसंघको निकासका लागि पार्टीलाई बाटो खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्