३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

झडपका घटना बढेपछि प्रमुख आयुक्त यादब रसुवामा

निर्वाचनको पूर्वसन्ध्यामा झडपका घटना बढेपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले रसुवा जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार सदरमुकाम धुन्चे आएका यादवले सुरक्षा अंगहरुलाई चुस्त राख्दै निष्पक्ष निर्वाचन गराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

श्रीलङ्कामा झडपपछि सुरक्षा व्यवस्थामा कडाइ

श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।  प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले यहाँका प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको थियो।

सोलुमा बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप, घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

सोलुखुम्बुको सोताङमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष पेमा तामाङसहित ६ जनाभन्दा बढी घाइते भएका छन्। झडपमा काँग्रेसका ४ कार्यकर्ताघाइते भएको सोलु काँग्रेसले जनाएको छ। बाम गठबन्धनका केही कार्यकर्ता पनि घाइते भएका छन्।

झडपमा ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

काएरो नजिक विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । ‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ राउण्ड अश्रुग्यास प्रहार

मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चार दिनअघि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गत राति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले घरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो ।

फोरम र कांग्रेस कार्यकर्ताबीच झडप, ७ घाइते

रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । फोरम कार्यकर्ताहरुले गाउँमा भएको पूजाको प्रसाद वितरणको विषयलाई लिएर कांग्रेस कार्यकर्ता तथा समर्थकहरुमाथि आक्रमण गरेका छन् ।

प्रहरी र स्थानीयबीच झडप हुँदा रौतहटमा १४ प्रहरी घाइते

गरुडा नगरपालिका १ जयनगरमा मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको विषयलाई लिएर शुक्रबार साँझ प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा १४ प्रहरी घाइते भएका छन् ।

बारामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलियामा प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएको विषयमा बिहीबार राती प्रहरी र गाउँले बीच झडप हुँदा दुबै तर्फ गरी आधा दर्जन घाइते भएका छन्।

प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनमा झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

काँग्रेस र फोरम कार्यकर्ताबीच झडप, २५ बढी घाइते

रौतहटमा नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच भएको कुटाकुटमा करिब २५ जना घाइते भएका छन्। रौतहटकोे इशनाथनगरपालिका वडा नम्वर ५ जोकहा टनेलानमा आइतवार राति नेपाली काँग्रेस र फोरम लोकतान्त्रिक नेपालको कार्यकताबीच झडप भएको हो।

फोरम लोकतान्त्रिक र कांग्रेस झडपमा २४ घाइते

रौतहटमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप हुँदा २४ जना घाइते भएका छन् । रौतहटकोे ईशनाथ नगरपालिका ५ जोकहा टोलमा आइतबार राति चुनावको विषयमा विवाद हुँदा कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपपछि गुलरियामा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ।

चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप

धनुषाका अधिकांश स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।  कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेस कार्यकर्ताको आक्रमणले एमालेका चारजना घाइते भएका छन् । शनिबार मध्यराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ । झडपमा घाइते एमाले कार्यकर्ता इन्द्रकुमार पासवान, अरविन्द पासवान, प्रल्हाद पासवान र वीरेन्द्र राउत घाइते भएका हुन् । इन्द्रकुमारको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रल्हाद एमालेबाट महिला वडा सदस्य पदकी उम्मेदवारका छोरा हुन् ।

सिरहा कांग्रेसमा देउवा र पौडेल पक्षबीच झडप

नेपाली कांग्रेसको जिल्ला कार्यालय सिरहामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ।

काँग्रेस कार्यकर्ताको हत्या, झडपमा तीन प्रहरी घाइते

रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन्। रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्