१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

झडपपछि गुलरियामा अनिश्चितकालीन कर्फ्यु

बर्दिया-  जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नु परेको थियो।

झडपमा पाँचजना सामान्य घाइते भएका थिए । सो घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कफ्र्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

उनका अनुसार स्थिति साम्य नभएसम्म कफ्र्यु आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि प्रजिअ भट्टराईले जानकारी दिए। रासस

प्रकाशित: १६ आश्विन २०७४ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App