प्रधानमन्त्री र संघीय गठबन्धनका नेताबीचको बैठक जारी
संविधान संशोधनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले र संघीय गठबन्धनबीच बैठक सुरु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा संघीय गठबन्धनकातर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।