काठमाडौं–संविधान संशोधनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले र संघीय गठबन्धनबीच बैठक सुरु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा संघीय गठबन्धनकातर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन आलटाल गरेको भन्दै गठबन्धनले सडक र सदनबाट सरकारालाई दबाब दिने निर्णय गरेको थियो। गठबन्धनमा आबद्ध दलका सांसदले व्यवसस्थापिका संसद बैठक बहिष्कार गर्दै आएका छन्।
गठबन्धनको निर्णय अनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेताहरुले बताएका छन्। प्रधानमन्त्रीसँगको छलफलमा संविधान संशोधन प्रस्तावका विषयमा छलफल भइरहेको छ। सरकारले भोलिसम्ममा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताउँदै आएको छ।
प्रकाशित: २९ कार्तिक २०७३ ०५:४५ सोमबार