काठमाडौं– आफ्नो भारत भ्रमणको उपलब्धि र समयामिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण मधेस समस्या, संविधान संशोधनलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सोमबार दिउँसो दुई बजे बोलाएका थिए।
तर सरकारलाई बाहिरै बसेर समर्थन गरेको मधेसी मोर्चाले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय गरेपछि प्रधानमन्त्रीले बोलाएको बैठक स्थगित भएको एक नेताले जनाए।
सरकारले संविधान जारी भएको दिनलाई हर्सोल्लासपूर्ण रुपमा बनाउने निर्णय गर्दै सोमबार सार्वजनिक विदा दिएको छ । तर मधेसी मोर्चाले भने संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाएको छ । मधेसी मोर्चा प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको एक नेताले जानकारी दिए।
प्रकाशित: ३ आश्विन २०७३ ०९:०६ सोमबार