२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उम्मेदवार छान्ने अन्तिम तयारीमा काँग्रेस

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सिफारिस

काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।

काठमाडौंमा मेयरका दुई उम्मेदवार घोषणा

काठमाडौं महानगरपालिकामा दुई दलले मेयर घोषणा गरेका छन् । काठमाडौं जिल्लामा दर्ता भएका ४७ दलमध्ये मंगलबारसम्म दुई दलले मेयर उम्मेदवार घोषणा गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पूर्वी पहाडमा स्थानीय चुनावः उम्मेदवार छान्ने उत्साह

वैशाख ३१ को स्थानीय तह चुनाव नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्लाका बासिन्दा आफ्ना उम्मेदवार छान्ने महŒवपूर्ण र ‘अन्तिम’ कसरत गरिरहेका छन् । प्रत्येक राजनीतिक दलका जिल्ला तहका नेता–कार्यकर्ता यतिबेला आउँदो चुनावका लागि उम्मेदवार तय गर्न गाउँ–गाउँ र टोल–टोलसम्म पुगेका छन् ।

काठमाडौंको मेयरमा २१ वर्षे रञ्जुको उम्मेदवारी

विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षे रन्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ। बन्दविरोधी अभियानमा संलग्न रहेको, ड.गोविन्द केसीको सत्याग्रहमा सहयोगी रहको भन्दै पार्टीले उनलाई मेयर उम्मेदवारमा छनौट गरेको हो।

कांग्रेस नेता खड्काद्वारा बुढानिलकण्ठ मेयरमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता श्यामबहादुर खड्काले बुढानिलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खड्काले ‘बुढानिलकण्ठ नगरपालिकाको विकास, विस्तार, संरक्षण, सुरक्षा र सुधार’ भन्ने नारासहित स्थानीय तह निर्वाचनमा जाने घोषणा गरेका हुन्।

मुस्ताङे राजाका सल्लाहकार गाउँपालिका प्रमुख उम्मेदवार, राजा घोषणा चुनाबी एजेन्डा

पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

दललाई उम्मेदवार छान्ने चटारो

खोटाङका राजनीतिक दल वैशाख ३१ गतेको निर्वाचनका लागि योग्य उम्मेदवार छान्न व्यस्त छन्। कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीचमा प्रतिस्पर्धा हुने देखिएको जिल्लामा मेयर र उपमेयरको टुंगो नलागे पनि कतिपय गाउँ प्रमुख र वडा प्रमुखको उम्मेदवार भने टुंगो लागिसकेको छ।

कोमल वली र रेखा थापा उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अभिनेत्री रेखा थापा काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार बन्ने तयारीमा छिन्। गत महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य निर्वाचित उनी काठमाडौंको उपमेयरको उम्मेवादर बन्ने तय भएको छ।

जागिर छाडेर उम्मेदवार दौडमा महिला

स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा यहाँका महिला स्थायी जागिर छोडेर उम्मेदवारको दौडमा होमिएका छन्। संघीय संरचनाअनुसार स्थानीय तह बढी शक्तिशाली हुने तथा प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि चुनावमा महिला आकर्षण बढेको देखिन्छ। जागिर छाडेर राजनीतिमा होमिनेमा अधिकांश शिक्षिका छन्।

मन्थली नगरपालिकामा पूर्व सभासद श्रेष्ठको मेयरमा उम्मेदवारी

जिल्लामा राजनीतिक दलहरुले स्थानीय निर्वाचनको लागि उम्मेदवार घोषणा गर्न सुरु गरेका छन्।

उम्मेदवारको टुंगो गाउँबाटै

स्थानीय तहको निर्वाचनमा जुटेका दलहरू उम्मेदवारको टुंगो लगाउन र आकांक्षी व्यवस्थापन गर्न व्यस्त छन्। सात गाउँपालिका र दुई नगरपालिका रहेको दोलखामा स्थानीय तहको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

उम्मेदवार छान्ने चटारो

जिल्लाका राजनीतिक दलहरू आउँदो स्थानीय तह चुनावको तयारीमा होमिएका छन्। दलहरूले उम्मेदवारको अन्तिम टुंगो लगाउन ‘आन्तरिक कसरत’ गरिरहेका हुन्।

माओवादी केन्द्रले बैशाख ९ गते भित्र गाउँ/नगरका उम्मेदवार घोषणा गर्ने

नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनका लागि वैशाख ९ गते सम्म उम्मेदवार तय गरिसक्ने भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले चुनावी नारा समेत तय गरेको छ।

दलित महिला उम्मेदवार खोज्दै दलहरु

स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि केही राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ । १० वटा स्थानीय तहमा रहेको इलाममा ८१ वडा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्