२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी

साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाल सरकारका पूर्वसचिव किशोर थापालाई चुनाबी मैदानमा उतार्ने भएको छ। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा उनी केन्द्रीय संयोजन समिति सदस्य हुन्।

प्रदेश ७ मा दलहरू उम्मेदवार छनोटमा व्यस्त

स्थानीय तह निर्वाचनमा प्रदेश ७ का नगरपालिकामा उम्मेदवारका आकांक्षीको ताँती लागेको छ। ठूला दलमा धेरै जना उम्मेदवारका आकांक्षी देखिएका छन्। सबै दल उम्मेदवार छनोटका लागि छलफलमा जुटेका छन्।

उम्मेदवार आकांक्षी धेरै, छान्नै सकस

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्लामा क्रियाशील राजनीतिक दल उम्मेदवार छनोटमा जुटेका छन्। नयाँ संरचनामा झन्डै १९ वर्षपछि हुन लागेको स्थानीय चुनावमा आकांक्षी धेरै देखिएपछि उम्मेदवार छान्न दलहरूलाई उत्तिकै सकस भइरहेको छ।

प्रधानमन्त्री पुत्रीले भरतपुर मेयरमा उम्मेदवारी दिने

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका, चितवनबाट मेयरका लागि उम्मेदवारी दर्ता गर्ने भएकी छिन्।

भष्ट्राचार रोक्न वडा अध्यक्षमा पत्रकारको उम्मेदवारी

विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका श्यामहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्  । नेपाली काँग्रेसका तर्फबाट उनले उम्मेदवारी घोषणा गरेका हुन्

हाम्रो होइन, राम्रो उम्मेदवार

अब राजनीतिमा राम्रो मान्छे ल्याउन यो नवीन अभ्यासको थालनी हुन जरुरी छ। ‘खुला उम्मेद्वार छनोट’ नीतिबारे बहस हुनु आवश्यक छ। यो नीतिलाई दलहरुले प्रयोगमा ल्याउन जरुरी छ ताकि आम मतदाताले नराम्रामा कम नराम्रोलाई होइन, राम्रा मध्येका राम्रोलाई आफ्नो अमूल्य मत दिन सकून्।

पोखरा-लेखनाथ महानगरमा उम्मेदवार बन्न दौडधुप

पोखरा-लेखनाथ महानगरपालिका बनेपछिको पहिलो निर्वाचनमार्फत महानगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बन्ने आकांक्षा बोकेका राजनीतिक दलका नेताबीच उम्मेदवारीको दौडधुप सुरु भएको छ। महानगरको पहिलो मेयर र उपमेयर बन्ने चाहना बोकेका नेताहरु अहिले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक लबिङमा व्यस्त छन्।

विवेकशीलले खुला उम्मेदवार नीति अपनाउने

विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनमा खुला उम्मेदवार नीतिअनुरूप उम्मेदवार छनोट गर्ने भएको छ। सो नीतिअनुसार दलले उम्मेदवार छनौटमा भाग लिन चाहाने आकांक्षीले पार्टीको वेबसाइटमा गई फाराम भर्न सक्ने जनाएको छ।

उम्मेदवार छान्न कांग्रेस निर्देशन

कांग्रेसले वैशाख पहिलो साताभित्र स्थानीय तहको उम्मेदवार टुंगो लगाउन मातहतका निकायलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले वैशाख ७ गतेभित्र सबै तहका उम्मेदवारको टुंगो लगाउन जिल्ला र क्षेत्रीय समितिलाई अधिकार दिएको हो।

उम्मेदवार छान्दै एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ। १५ दिने मेची–काली राष्ट्रिय अभियानबाट फर्केलगत्तै बसेकोे स्थायी कमिटी बैठकले स्थानीय तहका उम्मेदवार छनोट मापदण्ड निर्धारण गरिसकेको छ। एमालेले अबका सबै गतिविधि चुनाव केन्द्रित गर्ने भएको छ।

उम्मेदवार छान्न गाउँ पसे दल

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा गोरखामा राजनीतिक दलहरू उम्मेदवार खोज्न गाउँ पसेका छन्। केन्द्रदेखि जिल्ला स्तरका नेताकार्यकर्ता भर्खरै पुनर्संरचना भएको गाउँपालिका, नगरपालिका र वडा केन्द्रित कार्यक्रममा खटिएका हुन्।

विवेकशीलले माग्यो उम्मेदवारको आवेदन, ५ सय शब्दको निबन्ध लेख्नुपर्ने

विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकालाई लक्ष्यित गर्दै उम्मेदवारको आवेदन माग गरेको छ।

एमालेले तोक्यो उम्मेदवार चयन मापदण्ड

स्थानीय तह निर्वाचनमा उम्मेदवारको मापदण्ड निर्धारण गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका सबै कार्यक्रम चुनावकेन्द्रित बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले गाउँ/नगरपालिकामा उम्मेदवारी तोक्ने अधिकार मातहतका कमिटीलाई प्रदान गरेको छ।

कहाँबाट ल्याउने महिला उम्मेदवार?

स्थानीय निकायको चुनावमा सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध वा त्यसमा बसी अनुभव संगालेका महिलालाई पनि उपयोग गर्ने हो भने महिला उम्मेदवार अभावको एउटा अंश पूर्ति गर्न सकिने देखिन्छ।

जनतालाई भोट हाल्न हतार, नेतालाई उम्मेदवार बन्न

भेरी मालिका नगरपालिका ९ भुरका धनवहादुर नेपालीलाइ २०५४ सालको स्थानीय चुनावमा भोट हालेको त्यति गतिलो सम्झना छैन। भर्खरै सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि भने उनी फेरी गाउँको नेता चुन्न पाइने भयो भन्दै उत्साहि भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्