४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डमरुसहित बाघ देखिएपछि क्षति रोक्न वन कर्मचारी सक्रिय

कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन्।

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ। पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन्।

वसन्ताको बस्ती नजिक आइपुग्यो बाघ!

भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।

बाँकेको राप्तीपारी फेरी देखियो पाटेबाघ

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा पाटेबाघ पुनः देखा परेको छ। राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघ देखेका हुन्।

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

नवलपुरको दुम्किबास क्षेत्रमा बाघको त्रास

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।

बाघको आक्रमणबाट एक वृद्वको मृत्यु

माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन्।

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ।

दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ। पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ।

बाघको आक्रमणबाट एक महिला घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो।

सेतो बाघ भोड्काको बिक्री वितरण सुरु

नेचुरल स्पिरिट्स कम्पनीले पोखरामा सेतो बाघ भोड्काको बिक्री वितरण शुरु गरेको छ। नेपाली खाँटी स्वाद भएको मदिराको रसास्वादन गर्ने ग्राहकहरूलाई लक्षित गरेर उक्त भोड्का बजारमा ल्याएको कम्पनीले जनाएको छ।

चितवनमा मान्छे मार्ने बाघ नियन्त्रणमा

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन।

भलिवल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्चिने

टाईगर ग्रुप अफ पोखरा नेपालले दोस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्