२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

वसन्ताको बस्ती नजिक आइपुग्यो बाघ!

फाइल तस्बिर

अन्तर्राष्ट्रिय जैविक मार्ग वसन्ता करिडोरहुँदै पाटे बाघ कैलारी गाउँपालिका वडा नम्बर ५ र ७ का बस्ती नजिकैका जंगलमा आइपुगेको छ। भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।

बाघ बस्ती नजिकै देखिएपछि कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्रबहादुर बमले सूचना जारी गर्दै स्थानीयलाई सचेतीकरण गराएका छन्। पाटे बाघको घाँटीमा ‘रेडियो कलर’ जडान गरिएकाले उक्त बाघ भारतको दुधुवा नेशनल पार्कबाट वसन्ता करिडोर हुँदै गाउँसम्म आइपुगेको हुनसक्ने वडाध्यक्ष बमले बताए। उनले भने,‘केही दिनदेखि बाघ गाउँ वरपरका बस्तीमा आएपछि सतर्कता अपनाउनका लागि सूचना जारी गरिएको छ।’ बाघ बस्ती आसपासको जंगल तथा कटैनी नदी क्षेत्रमा एक सातादेखि बस्दै आएको उनले बताए। बाघको त्रासले अहिले वसन्ता जैविक मार्गका भुइँयाफाटा, रामपुर, छटकपुर वसन्ता, विपतपुर बैजपुरलगायतका आसपासका बस्तीका मानिस बाहिर निस्कन सकिरहेका छैनन्।  

भारतको दुधुवा नेशनल पार्कतिर बाघको संख्या बढ्नु तथा आहाराको खोजीमा बाघ बसन्ता कोरिडोर हुँदै नेपालतर्फबाट जंगलमा आइरहेको सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा बताउँछन्। उनका अनुसार दुधुवा नेशनलपार्कबाट निस्केको बाघ कहिल्यै वसन्ता जंगलमा त कहिल्यै वसन्ताको सहायक जैविक मार्ग हुँदै मसुरिया–अण्डैयासम्म पुग्ने गरेको छ।  

प्रकाशित: १४ पुस २०७९ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App