७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सेतो बाघ भोड्काको बिक्री वितरण सुरु

नेचुरल स्पिरिट्स कम्पनीले पोखरामा सेतो बाघ भोड्काको बिक्री वितरण शुरु गरेको छ। नेपाली खाँटी स्वाद भएको मदिराको रसास्वादन गर्ने ग्राहकहरूलाई लक्षित गरेर उक्त भोड्का बजारमा ल्याएको कम्पनीले जनाएको छ।

झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरूको मिश्रण रहेको बताउँदै कम्पनीले बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरूभन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पारिएको बताएको छ।

कम्पनीले मदिरा उत्पादन बिक्री वितरणसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार भई बाघहरूको संरक्षणमा समेत चासो राखी उत्पादनको नाम नै सेतो बाघ राखिएको कम्पनीले जनाएको छ।

कम्पनीले उत्पादन गरेको सारंगी ब्राण्डको ह्वीस्कीले मदिरा पारखीहरूको मन जितेका कारण यस ब्राण्डको भोड्का बजारमा उपलब्ध गराएको समेत कम्पनीले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०३:२० शुक्रबार

सेतो बाघ भोड्का बिक्री वितरण सुरु