५ आश्विन २०८१ शनिबार
image/svg+xml

निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो

बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ।

बाघको छालासहित ६ जना पक्राउ

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन्।

ठडियो नमूना विद्यालयको भवन

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन बनेको हो।

बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ। बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्।

पाटे बाघको आक्रमणबाट हात्ती चालकको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चराउने क्रममा बाघको आक्रमणमा परी एक जना माउते (हात्ती चालक)को मंगलबार मृत्यू भएको छ। ठाकुरबाबा नगरपालिकाका ४२ वर्षीय मंगरे थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।

शोकमा शैलुङ गाउँ

गाउँलेले बाघखोर बजारदेखि काटाकुटी गाउँ जोड्ने सडक खनेपछि अरनिको यातायात समितिलाई सो बाटोमा गाडी हाल्न अनुरोध पठाए। तर समितिले यात्रु नपुग्ने कारण देखाउँदै गाउँबाट सीधै राजधानी जाने गाडी हाल्न मानेन। उसले गाउँले सामु ‘गाउँका लागि सुविधा त दिने तर यहाँबाट बाघखोर देउराली बजारसम्म लोकल गाडीले यात्रु ओसार्न पाउनुपर्ने र त्यहाँमाडौं जाने गाडी भेट्ने गरी सो गाउँका लागि १० वटा सिट छुट्याउने’ सर्त तेस्यायो।

गुण्डा नाइके 'बाघे'सहित १८ बालुवा डिपोका सञ्चालक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए।

डमरु हुर्काउन मोहना पुग्यो बाघ

भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न भारतको दुधुवा नेश्नल पार्कबाट लालझाडी–मोहना करिडोर हुँदै धनगढी भन्सार नजिकै मोहना तटिय क्षेत्रमा पुगेको छ।

बर्दियाका पत्रकारलाई पुरस्कार

बाघ हेर्न कहलिएको गन्तव्य हो बर्दिया राष्ट्रिय निकुञ्ज। निकुञ्जमा ८७ वटा वयस्क बाघ र ३८ गैंडा छन्। चराप्रेमीको समेत स्वर्ग मानिन्छ बर्दिया जहाँ ५३९ प्रजातिका चरा पाइन्छ। त्यसैले स्वदेशी र विदेशी पर्यटक बर्दिया घुम्छन्। निकुञ्ज हेडक्वार्टर क्षेत्र ठाकुरद्वारामा राम्रा रिसोर्ट छन् जहाँ ५११ बेड सुविधा छ। अन्य नाकामा पनि होटल र होमस्टे खुलिरहेका छन्।

मानव र पाटे बाघबीच द्वन्द

बर्दिया राष्ट्रिय निकुञ्जमा दिउँसै पाटेबाघ देखिन थालेपछि पर्यटकलाई लोभ्याएको छ। बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको सङ्ख्या पनि क्रमशः बढ्दो छ।

बर्दियामा बाघ आतंक, दुई जनाको ज्यान गयो

यस्तै गेरुवा गाउँपालिका–४ स्थित गोलाका महिलाको समूह बिहीबार जंगली करेला टिप्न कर्णाली नदीको गेरुवा भँगालोमा पुगेको थियो। समूहबाट ५६ वर्षीया रामकली शाही हराइन्। समूहका अन्य महिला खोज्दै जाँदा पाटे बाघले शाहीलाई घिसार्दै थियो।

बर्दियामा बाघकाे आक्रमणबाट वृद्धकाे मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघले आक्रमण गर्दा एक वृद्धको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ स्थित आफ्नै घरमा बाघको आक्रमणबाट ७० वर्षीय पाहारी थारुको ज्यान गएको हाे।

गेरुवामा पाटे बाघको आक्रमण त्रास

गेरुवा गाउँपालिका ४ स्थित गोलाका महिलाको समूह सधै जसो विहीबार जंगली करेलो टिप्न कर्णाली नदीको गेरुवा भंगालोमा पुगेका थिए। करेला टिप्नसँगै गएकी ५६ बर्षीय मनकली शाही समूह बीचबाट हराइन्। समूह मध्यकी महिला साथीलाई खोज्दै पुग्दा पाटे बाघले शाहीलाई बोक्दै थियो। बाघले च्याप्प समातेकी शाही  चिच्याइन्। साहसी महिलाले बाघलाई पछ्याए। अन्ततः पाटे बाघ डरायो र भाग्यो। शाहीको सास नभए पनि लाश भेटियो। त्यसपछि पुगेका गाउँले होहल्ला गरे।

बाघ आक्रमणमा २१ बाख्रा मरे, एकजना घाइते

चम्पादेवी गाउँपालिकामा बाघले आतंक मच्चाएको छ। चम्पादेवी गाउँपालिका–१ र २ पलापुमा बाघले आतंक मच्चाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्