१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नयाँ गाडी नचढ्ने उपमेयरको घोषणा, एम्बुलेन्स किन्ने निर्णय

गाउँका सिंहदरवारका जनप्रतिनिधिबीच कसले बढी सेवा सुविधा लिने भन्ने होड चलिरहेको समाचार आइरहँदा उदयपुरको कटारी नगर उपप्रमुख भिमकुमारी राउतले सुविधाको गाडी नचढ्ने घोषणा गरेकी छिन् । नगरपालिकाको गत असार दोस्रो साता सम्पन्न चौथो नगरसभाले उपप्रमुखका लागि छुट्टै गाडी (जिप) खरिद गर्ने निर्णय गरे अनुसार खरिदको प्रक्रियामा जान लाग्दा राउतले गाडी सुविधा नलिने निर्णय गर्दै सो रकमबाट एम्बुलेन्स किन्न सुझाएकी हुन्।

भारतद्वारा ३० एम्बुलेन्स हस्तान्तरण

भारतले नेपालका विभिन्न अस्पताल तथा परोपकारी संस्थाका लागि ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।

एम्बुलेन्स चढ्न बाढी छिचोल्ने बाध्यता

गोलबजार नगरपालिका–११ बलकावाकी पविता सदायलाई बुधबार सुत्केरी व्यथाले च्याप्यो। घरका मान्छेले हतारहतार एम्बुलेन्स बोलाए तर एम्बुलेन्स उनको घरभन्दा दुई किलोमिटर उत्तरपूर्वी किनारमै रोकियो। कारण थियो, मैनावती नदीमा आएको बाढी।

उपचार खाेज्न प्रदेशबाहिर

गौरीगंगा नगरपालिका–७ मटुकौनाका रणबहादुर बमले छोरी राधिकाको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए। डाक्टरले चार दिन अस्पतालमै राख्दा पनि रोगको निदान हुन सकेन। अन्ततः उपचार सम्भव नभएको भन्दै बिरामीलाई भारतको लखनउ रेफर गरियो। त्यहाँ रणबहादुरले ६० हजार भारतीय रुपैयाँ खर्च गर्दा पनि उपचार सम्भव भएन। केही सीप नलागेपछि एम्बुलेन्स रिजर्भ गरेर लखनउबाटै उनले बिरामी छोरीलाई बाँकेको कोहलपुर पु¥याए। कोहलपुरमा ४० हजार रुपैयाँमै राधिकाको उपचार सम्भव भयो।

निजी खर्चमा स्थानीय तहलाई एम्बुलेन्स र शववाहन

सडक विकासले गति लिँदै गरेका ग्रामीण बस्तीमा उपचार अभावमा बिरामीले दुःख पाउनु नपरोस् भनेर आफूले स्थानीय तहलाई एम्बुलेन्स र शववाहन उपलब्ध गराएको उनले बताए।

५० स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति

प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल किन्न स्वीकृति दिएको छ। प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले आवश्यकताअनुसार प्रचलित कानुनबमोजिम खरिद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो।

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४, ढाडकुनाकी २१ वर्षीया ठमेली माया तामाङले सात महिनाअघि बच्चा पाउन नसकेर ज्यान गुमाइन्। गाउँमा स्वास्थ्यचौकी तथा टाढाको स्वास्थ्य संस्था जान एम्बुलेन्स नभएकै कारण उनले अकालमै ज्यान गुमाउनु पर्याे।

चार वडालाई एउटा एम्बुलेन्स

स्वास्थ्य मन्त्रालयले चार वडाको संयुक्त स्वामित्वमा सञ्चालन हुनेगरी एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। मन्त्रालयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ५ र १० तथा केपिलासगढी गाउँपालिका वडा १ र २ का लागि एम्बुलेन्स हस्तान्तरण गरेको हो।

अन्य आयोजनाबाट बचेको पैसाले एम्बुलेन्स खरिद

सल्यान छत्रेश्वरी गाउँपालिकाले गत आर्थिक वर्ष सञ्चालित विभिन्न आयोजनाबाट बचेको रकमले तीन वटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले खरिद गरिएका एम्बुलेन्स गाउँपालिकाभित्र सञ्चालित बर्थिङ सेन्टरका लागि उपलब्ध गराइएको बताए।

गाउँपालिकालाई एम्बुलेन्स सहयोग

हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरीएको छ। भारतीय राजदूतावासले आफ्नो ७० औैं गणतन्त्र दिवसको अवसर पारेर जिल्लाको खार्पुनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो।

एम्बुलेन्स किन्न जुटे बाँदरझुलावासी

माडी नगरपालिका–९ को बाँदरझुलाका बासिन्दा एम्बुलेन्स किन्न रकम संकलनमा जुटेका छन्। गाउँवासी बिरामी हुँदा अस्पताल लैजान समस्या हुने गरेकाले एम्बुलेन्स किन्न स्थानीयवासी आर्थिक संकलन समिति गठन गरेरै रकम जुटाउन लागिपरेको समिति अध्यक्ष भक्तबहादुर प्रजाले जानकारी दिए।

सामाजिक सञ्जालले जुटायो एम्बुलेन्स

एम्बुलेन्सको अभाव झेल्दै आएको ऋषिङ भेगका स्थानीयले एम्बुलेन्स सेवा पाएपछि बिरामीलाई उपचारको लागि अस्पतालसम्म लैजान सहज भएको छ।

दुई वर्षदेखि एम्बुलेन्स बन्द

रावाबेंसी गाउँपालिका–३ लामिडाँडा खोटाङकी झरना श्रेष्ठ उच्च रक्तचापकी बिरामी थिइन्। एक दिन उनलाई अचानक रोगले च्याप्यो। स्थानीय लामिडाँडा स्वास्थ्य चौकीमा उनको उपचार सम्भव भएन। उनलाई तत्कालै अन्यत्रै लानुपर्ने भयो। गाउँमा एम्बुलेन्स भए पनि चालक थिएन।

स्थानीय तहलाई एम्बुलेन्समा भन्सार छुट

अब महानगरपालिका, उपमहानगरपालिकाले तीन वटा र नगरपालिका, गाउँपालिकाले दुई वटा एम्बुलेन्स भन्सार छुटमा खरिद गर्न पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्