६ आश्विन २०८१ आइतबार
image/svg+xml

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु

रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो।

रुपन्देही २ मा जनमुक्तिका थापालाई सत्ता गठबन्धनको समर्थन

यसअघि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले सदर गरिदिएको थियो। एकीकृत समाजवादीका गुरुङको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन अयोगले गत असाेज २५ गते उनको नाम खारेज गरिदिएको थियो।

रुपन्देहीको सियारीमा भेटेनरी अस्पताल बन्दै

भेटेनरी अस्पताल भवनको शिलान्यास गर्दै गृहमन्त्री बालकृष्ण खाँणले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि सम्बन्धी पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताए। सियारीमा निर्माण हुने भेटेनरी अस्पतालले पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

रुपन्देहीको ओमसतियामा गोली चल्यो,एक जना घाइते

अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

एक हजार रुपैयाँका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।

तिलोत्तमामा अव्यवस्थित, भूमिहीन तथा सकुम्बासी जग्गाको नापजाँच सुरु

जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोमामा रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नापजाँचको काम थालेको हो।

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ।

जिसस रुपन्देहीको प्रमुखमा काँग्रेसका चपाई

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन्। शुक्रबार भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन नै विजयी भएको हो।

घाइतेका उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो।

सियारीको अध्यक्ष /उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।

रुपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी

रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ। १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

रुपन्देहीका १६ पालिकामा काँग्रेसले टुङ्गयायो उम्मेदवार

काँग्रेसले बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस बुटवल नगरसभापती समेत रहेका पाण्डे २०७४ को निर्वाचनमा पनि बुटवलको मेयरमा लडेका थिए।

रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान

रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्