३ मंसिर २०८१ सोमबार
image/svg+xml

भारतीय कांग्रेसमा खड्गे

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे विजयी भएका छन्। उनले अध्यक्षका अर्का प्रत्यासी शशी थरुरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन (नामावलीसहित)

नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन गरिएको हो। समितिअन्तर्गत जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शङ्कर ढुङ्गाना सचिव, विश्व शङ्कर पालिखे र देवी गुरुङ सदस्य रहेका छन्।

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा ८० वर्षीय खर्गे निर्वाचित

बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्।

प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छुः प्रकाशमान सिंह

आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका हुन्।

स्थिरता र विकासको पक्षमा मतदान गर्न तीन दलको अपिल

नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन्।

कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो।

सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने काँग्रेसको निर्णय

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो।

अब हसिँया हतौडा, रुख भन्ने छैन, गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुस्ः देउवा

‘अब हसिँया हतौडा, को रुख भन्ने नै छैन अब। कसलाई भन्ने नै छैन। त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने। हसिँया हतौडा भएको ठाउँमा हसिया हतौडालाई नै भोट हाल्ने। रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने। पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। किन चाहियो अरु कुरा?'

महेश बस्नेतलाई विकासको चुनावी एजेण्डा देखाएर जनता नझुक्याउन थापाको चेतावनी

नेकपा एमालेको तर्फबाट उम्मेदवार महेश बस्नेतले भक्तपुरमा आफूले विकासको लहर ल्याइदिएको दाबी गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार दुर्लभ थापाले विकासको नाम दिएर जनतालाई झुक्याउने काम बन्द गर्न चेतावनी दिएका छन्।

भारत र चीनसँग सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन गठबन्धन निर्वाचनमा विजयी हुनुपर्छः पूर्णबहादुर खड्का

उपसभापति खड्काले मुलुकको कुना-कुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धन तोड्यो, देउवालाई भोट नदिने

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले नेपाली काँग्रेस (वीपी) सँग तालमेल गरेको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जानकारी गराएका थिए। डडेल्धुरामा नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

निर्वाचन कसैलाई सांसद-मन्त्री बनाउन होइन, जनताका लागि आएको होः नेता सिटौला

'यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन', झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, 'मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ।'

गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्छ: डा. महत

शनिबार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौँ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए।

कांग्रेस मार्गचित्र: विकास र समुन्नति

नेपाली कांग्रेसले आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्रसहित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणापत्र तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्