८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्छ: डा. महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन्।

शनिबार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौँ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए। उनले  दशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर गर्नेकाम गठबन्धनबाट नै सम्भव रहेको बताए। 

उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यक्ता भएको जिकिर गरे। रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको उनले बताए। उनले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने बताए।  

प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताए। गठबन्धनको मुल लक्ष्य प्रतिगमनको दिशामा देशलाई लैजाने प्रयासलाई रोक्न र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको दाबी उनको दाबी छ।

उनले जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर स्वार्थकेन्द्रित भएको आरोपसमेत लगाए। उनले ओलीको नेतृत्वमा देशको नेपालको परराष्ट्रनीति अल्मलिएको भन्दै अबका दिनमा नेपालको स्वार्थ केन्द्रितमा हुने बताए। प्रवक्ता महतले नेकपा एमाले अध्यक्ष ओलीले जतिसुकै फण्डा गरेपनि गठबन्धनको जित सुनिश्चित रहेको दाबीसमेत गरे।

प्रकाशित: २९ आश्विन २०७९ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App