५ मंसिर २०८१ बुधबार
image/svg+xml

महालक्ष्मी नगरमा कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा

नगरपालिका मेयर पदमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी (केन्द्र)बीच तालमेल छ भने एकीकृत (समाजवादी)ले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच नै सहमती नहुँदा एकीकृत समाजवादीले मेयरमा छुट्टै उम्मेदवारी दिएको हो।

गोकर्णेश्वरमा कांग्रेस–एमाले प्रतिस्पर्धा

गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाल, एमालेले मेयरमा उद्धव बिष्ट र उपमेयरमा सान्नानी लामा तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनले मेयरमा गोपाल बराल र उपमेयरमा पेमाछिरी शेर्पालाई उम्मेदवार बनाएका छन्।

असन्तुष्टीको अन्त्य गर्ने पक्षमा कांग्रेस: नेता भण्डारी

नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताएका छन्।

हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपः गाउँपालिका अध्यक्षका उम्मेदवार घाइते

झडपमा दुवै तर्फ गरि ४ जना घाईते भएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी सन्तोष पाठक जानकारी दिए।

कांग्रेसका केन्द्रीय नेताहरुले देशभरि चुनावी सभाहरुमा सम्बोधन गर्ने

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी, खड्कासँगै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन्।

घिमिरे, समय र संस्मरण

त्यसबेला कलेजमा पढ्ने विधार्थीलाई पुलिसले पक्रेर लागेको देख्थेँ। किन पक्रेको थाहा पाउँदिनथेँ। पक्राउ पर्ने विधार्थीप्रति बाल संवेदनशीलता भएर हो या आफू पनि विधार्थी भएकाले समाउँछ भन्ने बाल भयले हो, के भन्दा र गर्दा पुलिसले समाउँदैन भनेर साथीलाई सोध्थेँ। साथीहरू थुप्रै थिए। उनीहरूको सम्झना छ। ती साथीमध्ये विमला कोइराला र चुडा रेग्मी चलाख रहेछन्।

भोट किन?

मिस नेवाः २०११ की विजेता एवम् नेकपा एमालेबाट काठमाडौँको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू उपमेयरमा जितेपछि युवामैत्री समाज बनाउनेमा जोड दिने बताइन्। २९ वर्षीय डंगोलले आफू मिस नेवा भएर काम गर्दा भाषा र संस्कृतिप्रति मोह बढ्दै गएको जनाउँदै उनी संस्कृति अभियन्ताको रूपमा समेत काम गरी सकेको जनाइन्। यही बखत उनले सहरी योजना आयोजनामा बसेर काम गर्ने मौका पाएकी थिइन्।

दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँः मतदाता

आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन्।

संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको होः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन्।

प्रायः स्थानमा तालमेल भएको छ, कांग्रेस

‘एकाध स्थानीय तह जहाँ अझै विद्रोही उम्मेदवार हुनुहुन्छ। ती साथीहरूले पनि पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनुहुनेछ भन्ने विश्वास छ ।’

कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ।

एमाले एक क्विन्टल आलु हो, गठबन्धन एक तोला मात्र भएपनि सुन होः शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।

कांग्रेसले सात सहरमा सभा गर्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रित गरी प्रमुख सहरहरूमा चुनावी सभा गर्ने भएको छ।

लहान नगरमा प्रतिष्ठाको लडाइँ, गठबन्धन भर्सेस एमाले

मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि कांग्रेस, जसपा, माओवादी केन्द्रको गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्