११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

असन्तुष्टीको अन्त्य गर्ने पक्षमा कांग्रेस: नेता भण्डारी

नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टी अन्त्यका लागि कांग्रेस लागि परेको धारणा राखे।

नेता भण्डारीले भने, 'गठबन्धनलाई जिताउनु सबैको दायित्व हो। असन्तुष्टी मिलाउँदै जानुपर्छ।' स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई सम्झाउन अझै समय बाँकी रहेको उल्लेख गर्दै उनले असन्तुष्टि बढेका स्थानमा सम्हाल्न केन्द्रदेखि जिल्ला तहसम्म लागि परेको  बताए।

'स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई महत्वका साथ हेरिएको छ,' उनले भने। राष्ट्रिय तहमा भएको गठबन्धनलाई हरेक पालिकास्तरमा कार्यान्वयन गर्ने प्रयास भइरहेको भण्डारीको भनाइ थियो। लोकतान्त्रिक परिपाटीलाई प्रथामिकता दिँदै उपलब्धिको रक्षाका लागि सबै लाग्नु आवश्यक रहेको उनले बताए।

पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ्ले पार्टीको केन्द्रीय निर्देशनको पालना गर्नुपर्ने बताए। 'राजनीतिक जीवनमा केन्द्रको निर्णय मान्नुपर्छ,' उनले भने। टिकट वितरणको समयमा आफ्ना असन्तुष्टी रहे पनि केन्द्रको निर्णय आएपछि गठबन्धनको पक्षमा लाग्नुपर्ने गुरुङको भनाइ थियो। 

प्रकाशित: २१ वैशाख २०७९ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App