४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

म्याग्दीमा २ सय ३७ पदमा ७ सय ५९ जनाको उम्मेदवारी

बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मङ्गलाको २७ पदमा १०५, रघुगङ्गाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ।

निर्वाचन सुरक्षामा चारै निकाय सक्रिय

निर्वाचनमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई जिम्मेवारी दिइएको छ। निर्वाचन सुरक्षाका दृष्टिले विगतका निर्वाचनभन्दा केही सहज देखिए पनि आफ्नो संगठन चुस्तताका साथ तोकिएको कार्यमा जुटेको सुरक्षा निकायहरूले बताएका छन्।

स्थानीय चुनावः निर्वाचन आयोगको कार्यसम्पादन फितलो

उम्मेदवारी दिनेको यकिन विवरण बेलैमा संकलन गर्न नसक्दा आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका प्रभावित भएको छ। आयोगको कार्यसम्पादन फितलो हुँदा वैशाख ३० को निर्वाचन नै प्रभावित हुने त होइन भन्ने आशंका जन्मिएको छ।

काठमाडौं उपत्यकामा एक हजार ७३७ जनाको उम्मेदवारी

काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहका लागि प्रमुखमा एक सय १९, उपप्रमुखमा ५३, वडाध्यक्षमा दुई सय ८६, महिला सदस्यमा एक सय ४८, दलित महिला सदस्यमा एक सय २ र खुला सदस्यतर्फ तीन सय ३७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

असल उम्मेदवारीको अपेक्षा

दलले जथाभावी व्यक्तिलाई उम्मेदवार बनाउने र मतदाताले दलीय आधारमै मतदान गर्दा राम्रो परिणाम आएको छैन। असल उम्मेदवार नभए मत प्राप्त हुँदैन भन्ने दलहरूलाई लाग्नु आवश्यक छ।

धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी दिए।

स्थानीय तह निर्वाचनः सुनसान रोल्पा

राजनैतिक दलहरू जनताप्रति उत्तरदायी नभएका कारण ५ वर्षमा हुन थालेको स्थानीय तह निर्वाचन सुनसान छ।

गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

गृहमन्त्री खाणले आज नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन्।

गठबन्धनबीच स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन्।

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालनका लागि उपसमिति गठन

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न उपसमिति गठन गरेको हो।

निर्वाचनपछि महिला नेतृत्व

महिला नेतृत्वको विकासले मात्र सुशासनमा देखिएको रिक्तता पूर्ति हुन सक्छ। वास्तवमा अहिलेसम्म पुरुष नेतृत्व असफल भएको हो। त्यसैले महिलालाई जिम्मेवारी दिएर अघि बढ्ने हो भने त्यसले नेतृत्वमा रहेको रिक्ततासमेत पूर्ति गर्ने देखिन्छ।

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधवार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन्।

एमालेलाई पैसामा खरिद गर्न सम्भव छैन: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन्।

मधेस प्रदेशः पाँच वर्षमा साढे ६ लाख मतदाता थपिए

मधेस प्रदेशमा पाँच वर्षमा छ लाख ६६ हजार २२० जना मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनका लागि यसपाली ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ।

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्