१९ असार २०८१ बुधबार
image/svg+xml

इन्धन खरिद अनलाइनबाट

म्यानुअल सिस्टममा काम गर्दै आएको निगमले पूर्ण डिजिटलाइजेसमा जान इआरपी जडान गरेपछि व्यवसायीले विद्युतीय माध्यमबाट इन्धन खरिद गर्न सुरु गरेका छन्।

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ। निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो।

आयल निगमले इन्धनको मूल्य बढायो

निगमले इन्डियन आयल कर्पोरेसनबाट १६ अप्रिलमा प्राप्त मूल्य अनुसार समायोजन गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रूपैयाँका दरले बढाएको जनाएको छ। आन्तरिक उडानको हवाई इन्धनको मूल्य भने लिटरमा २ रूपैयाँ बढाएको छ। मूल्य समायोजन नगरे १५ दिनमै ८१ करोड रूपैयाँभन्दा बढी घाटा बेहोर्नुपर्ने निगमको विज्ञप्तिमा उल्लेख छ।

पेरूमा इन्धन बोकेकाे ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ।

इन्धन अभावले सडक निर्माण प्रभावित

हिमालपारिको जिल्ला मुस्ताङमा पेट्रोलियम पदार्थ, ग्यास तथा खाद्यान्नको अभाव भएको छ। पेट्रोलियन पदार्थ अभावले सडक निर्माण प्रभावित भएको छ।

४५ अर्बको इन्धन आयात घट्यो

कोभिड–१९ को असरले मुुलुक लकडाउनमा जाँदा यो वर्ष करिब ४५ अर्ब रुपैयाँको कम इन्धन आयात भएको छ। नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ मा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट एक खर्ब ४७ अर्ब रुपैयाँको इन्धन आयात गरिएको छ।

इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने

नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ।

इन्धन ढुवानी नियमित

कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने आशंकामा सरकारले भारतसँगका सीमा नाका बन्द गर्ने निर्णय गरे पनि इन्धन ढुवानी सुचारु हुने भएको छ।

आधा अर्ब नाफा राखेर इन्धनको मूल्य समायोजन

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै गिरावट आएको भए पनि नेपाल आयल निगमले १५ दिनमै आधा अर्ब रुपैयाँ नाफा राखेर इन्धनको मूल्य घटाएको छ।

मासिक आधा अर्ब नाफा कमाउँदै निगमः इन्धनमा थप कर, उपभोक्तालाई भार

डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँच रुपैयाँ थपेर १० पु-याउने निर्णय गरेको छ।

हवाई इन्धन ढुवानी सुचारु

हवाई इन्धन ढुवानी रोकेर पाँच दिनदेखि आन्दोलनमा उत्रिएका ट्यांकर चालकले बुधबारदेखि नियमित ढुवानी सुरु गरेका छन्।

तीन दिनदेखि ढुवानी ठप्प, १० दिनलाई पुग्ने हवाई इन्धन मौज्दात

ट्यांकर चालकले हवाई इन्धन ढुवानी रोकेपछि हवाई उडान प्रभावित हुन सक्ने बताइरहँदा नेपाल आयल निगमले भने १० दिनलाई पुग्ने इन्धन रहेको जनाएको छ।

चालकले रोके हवाई इन्धन ढुवानी

इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी परिमाण कम भए दोब्बर जरिवाना तिराउने निर्णयको विरोध गर्दै ट्यांकर चालकले हवाई इन्धन ढुवानी रोकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्