२२ असार २०८१ शनिबार
image/svg+xml

तीन महिनामा ४६ अर्बको इन्धन आयात

आयात वृद्धि भए पनि इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको कारण यो वर्ष इन्धन खरिदमा गत वर्षभन्दा करिब सात अर्ब रुपैयाँ कम रकम बिदेसिएको छ। पोहोर सोही अवधिमा आयल निगमले इन्धन खरिद गर्नका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई ५३ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो।

हो मैले इन्धन बचाउने उपकरण बनाए

महाभुकम्प र त्यसपछि भएको नाकाबन्दी, सायदै कोही नेपालीले विर्सन सक्छ। सारा नेपालीलाई लागेको भुकम्पको घाउ आलै भएका बेला भारतले नेपालमा नाकाबन्दी लगायो। यी दुबै ठूला घटनाले धेरै नेपालीलाई निरुत्साहित गरे र अनगिन्ती समस्याहरुको थुप्रो पनि लगाए।

'इन्धनमा एकाधिकार हटाउ'

एउटा सरकारी कार्यदलले इन्धन कारोबारमा निजी क्षेत्रलाई पनि सहभागी गराउन सुझाएको छ। सरकारले इन्धन क्षेत्रको अध्ययन गर्न गठन गरेको कार्यदलले यस्तो सुझाव दिएको हो। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यदल बनेको थियो।

इन्धन खपत १० प्रतिशत बढ्यो

अघिल्लो आर्थिक २६ लाख ६९ हजार पाँच सय ६१ किलोलिटर इन्धन खपत भएकोमा गत आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ३० हजार तीन सय ५४ किलोलिटर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको खपत वृद्धि औसतमा ९.७६ प्रतिशत देखिएको छ।

भैरहवाबाट ४७ अर्बको सवारीसाधन र इन्धन आयात

भैरहवा भन्सारबाट एक वर्षमा साढे ४३ अर्बको सवारी साधन र इन्धन आयात भएको छ। गत आर्थिक वर्ष ०७५/७६ मा यो नाकाबाट २३ अर्ब ३७ करोड ५९ लाख मूल्यबराबरका सवारीसाधन आयात भएको छ।

तेल ट्याँकर छाड्न बेलायतको आग्रह

बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ। बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ।

पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ।

स्विस बैंकमा अवरोध सिर्जना गर्न खोज्ने पक्राउ

फोसिल इन्धनमाथि लगानी रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका वातावरणसम्बन्धी अधिकारवादीलाई सोमबार पक्राउ गरिएको छ। फोसिल इन्धनमा लगानी गर्न नदिनका लागि दबाब दिने उद्देश्यसहित जुरिचस्थित क्रेडिट सुसी र बसेलस्थित युबिएसको मुख्यद्वारमा अवरोध सिर्जना गर्न खोजेका केही प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

भैरहवामा ठूलो हवाई इन्धन डिपो बनाउँदै निगम

नेपाल आयल निगमले भैरहवामा अहिलेसम्मकै सबैभन्दा ठूलो एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।

प्रदूषण कम गर्न सामूहिक प्रयासको खाँचो

परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने प्रचलन र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले औंल्याएका छन्।

१८ सय ट्यांकरबाट ‘क्यालिब्रेसन’ नगरी इन्धन ढुवानी

नेपालको कानुन अनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गनुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएका छन्। इन्धन ढुवानी गर्न नेपाल आयल निगमबाट अनुमति लिएका करिब १९ सयमध्ये एक सय ट्यांकरले मात्र क्यालिब्रेसन गराएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार निगमबाट अनुमति लिएका एक सय ट्यांकरले मात्र यो वर्ष क्यालिब्रेसन गराएका छन्। ‘प्रत्येक ट्यांकरले क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सयले अटेर गरेका छन्,’ पुडासैनीले भने, ‘निगमका डिपो प्रमुख र ट्यांकर चालकको मिलेमतोमा क्यालिब्रेसन नगराएका हुन्।’

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ।

लिटरमा १५-२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

कालीकोटमा मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिररहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन्। कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगन्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन्।

ट्यांकर व्यवसायी फेरि आन्दोलित

नेपाल आयल निगमले किन्न स्वीकृति दिएका ट्यांकरलाई इन्धन लोडिङ अनुमति नदिएको भन्दै दुई साताअघि निगम प्रधान कार्यालयमा धर्ना सुरु गरेका व्यवसायीले स्थगित धर्ना मंगलबारबाट फेरि सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्