२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

इन्धन ढुवानी नियमित

काठमाडौं, – कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने आशंकामा सरकारले भारतसँगका सीमा नाका बन्द गर्ने निर्णय गरे पनि इन्धन ढुवानी सुचारु हुने भएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार सरकारले इन्धनको ढुवानीलाई सुचारु राख्ने निर्णय गरेको छ। पेट्रोल, डिजेल, खान पकाउने एलपिजी ग्यास, हवाई इन्धन नियमित रुपमा ढुवानी हुने पौडेलले बताए। ‘मानिसको आवतजावतमा बन्द गरे पनि इन्धन ढुवानी रोकिँदैन, उनले भने, ‘अन्य अवस्थामा जस्तै ढुवानी हुन्छं ।’

पाइपबाट प्रतिघण्टा एक लाख ८० हजार लिटर तेल आयात

इन्डियन आयल कर्पोरेस९आइओसी०ले पनि लोड दिने भएकाले ढुवानीमा कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ। आइओसी र भन्सारसँग समन्वय गरेर इन्धन ढुवानी नियमित गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ।

इन्धन आयातका लागि टयांकर र ग्यास बुलेट आइओसीमा गएका छन्। निगमले आइओसीबाट बाराको अमलेखगन्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी गरिरहेकाले पनि थप समस्या हुने छैन। पाइपबाट प्रतिघण्टा एक लाख ८० हजार लिटर डिजेल आइरहेको अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले बताए। ‘पाइपबाट चौविसै घण्टा डिजेल आयात भैरहेको छ,’ प्रमुख रेग्मीले भने, ‘आवश्यक पर्ने डिजेल काठमाडौं पठाएका छौं ।’ निगमले इन्धनको माग बढेर अभाव हुन सक्ने भन्दै आयात बढाएर भण्डारण क्षमता बढाएर ९० प्रतिशत मौज्दात राखेको छ। बजारमा ग्यास र पेट्रोलको अभाव देखिएर लाइन बढेपछि निगमले इन्धन आयात बढाएको छ।

प्रकाशित: १० चैत्र २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App