२०२५ जनवरी: विदेशी पर्यटक आगमनमा सामान्य सुधार
सन् २०२५ को पहिलो महिना जनवरीमा विदेशी पाहुनाको आगमनमा सामान्य मात्र सुधार देखिएको छ। सन् २०२४ को जनवरीको तुलनामा यो पटक विदेशी पर्यटकको आगमनमा १ प्रतिशत मात्र वृद्धि देखिएको पर्यटन बोर्डले बताएको छ।
सन् २०२५ को पहिलो महिना जनवरीमा विदेशी पाहुनाको आगमनमा सामान्य मात्र सुधार देखिएको छ। सन् २०२४ को जनवरीको तुलनामा यो पटक विदेशी पर्यटकको आगमनमा १ प्रतिशत मात्र वृद्धि देखिएको पर्यटन बोर्डले बताएको छ।
पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो। तर पछिल्लो समय नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। चारवर्ष अवधिमा दुइ अंकको आगमन बढेर एकलाख कटिसकेको छ।
सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।
सन् २०२३ को फेब्रुअरीको तुलनामा ३३ प्रतिशत बढी हुनेगरि २०२४ को फेब्रुअरीमा झन्डै एकलाख विदेशी पाहुना नेपाल भित्रिएका छन्। २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना विदेशी पाहुना हवाई माध्यमबाट मात्र नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।
२०२३ जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट मात्र ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक भित्रिए। ती मध्ये २५ हजार ७ सय १४ जना सार्क मूलूकका पाहुना छन्। महिनाभर भित्रिएका विदेशी पाहुना मध्ये करिब आधा पाहुना सार्क मुलुकका रहेको तथ्यांकले देखाउँछ। जुलाई महिनामा भित्रिएका विदेशी पर्यटकमध्ये ४४.५ प्रतिशत सार्क मूलुकका छन्।
नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।
कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि यो फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी पर्यटक भित्रिएका छन्।
कोरोना भाईरस संक्रमणले करिब दुईवर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ। त्यसको प्रमाण हो, यो अक्टोवरमा नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन्।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो नै सबैभन्दा ठुलो आगमन संख्या हो।
कोरोना भाइरस संक्रमणले दुइवर्षसम्म थलिएको पर्यटन क्षेत्रले बल्ल तेश्रो मुलुकका पाहुना स्वागत गर्न थालेको छ। अहिले पर्यटकीय सहर पोखरामा तेश्रो मुलुकका विदेशी पर्यटक देखिन थालेका छन्। पोखरामा मात्र नभई आसपासका पदमार्गमा पनि तेश्रो मुलुकका विदेशी पुग्न थालेका छन्। यतिबेलाको पोखराका होटलको बुकिङ पनि सन्तोषजनक हुँदै गएको व्यवसायी बताउँछन्।