इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आफ्नो आक्रमण तीव्र पारेको छ।
पछिल्ला आक्रमणहरू सैदा जिल्लाको अल–अकिबिया शहरलाई लक्षित गरेका थिए। नजिकैको कनारित शहरमा पनि केही समय अघि आक्रमण भएको थियो।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी बेरुतमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ।
यस्तै, दक्षिणी र पूर्वी क्षेत्रमा भएका आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
प्रकाशित: ४ चैत्र २०८२ १०:४८ बुधबार



-600x400.jpg)

