प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथमा रुद्राभिषेक पूजा गरेकी छन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा प्रधानमन्त्रीले धन्यवादस्वरूप पशुपतिनाथमा पूजा गरेको सचिवालयले जनाएको छ।
मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबै तर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको बताउदै कार्कीले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गरेकी छन्।
सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले नेपालीबीच एकता, सद्भाव र आत्मीय भावना बलियो बन्दै जाओस् भनी पुकार पनि गरेकी छन्।
उक्त अवसरमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशी लगायतको उपस्थिति थियो।
प्रकाशित: ४ चैत्र २०८२ ११:३६ बुधबार




-600x400.jpg)
