सय दिनभित्र घर र भवनको नक्सा पेश गरी स्वीकृत गर्न महानगरको आग्रह
विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ।